अभिभावकका लागि एकदिने अभिमुखीकरण

0

बर्दघाट २ चैत्र : कुमुदिनी आवाशिय मावि बर्दघाटले एक दिने अभिभावक अभिमुखिकरण कार्यक्रम बर्दघाटमा सम्पन्न गरेको छ । विद्यालयकी म्यानेजिङ डाईरेक्टर कमला शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका प्रअ मिनकेशर शर्माले मन्तब्य ब्यक्त गर्नुभएको थियो । सो अवसरमा ६ सय भन्दा बढी अभिभावकको उपस्थिति रहेको जनाइएको छ । कार्यक्रमको प्रशिक्षकको रुपमा रहनुभएका टिसि प्राइबेट लिमिटेडका काठमाण्डौका डाइरेक्टर रमेश पराजुलीले विद्यालय र विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको पढाईमा अभिभावकको महत्वबारे प्रशिक्षण दिनुभएको थियो । विद्यालयका मावि संयोजक राजु भण्डारीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका उच्च मावि संयोजक लेखनाथ शर्माले गर्नुभएको थियो ।

You might also like