झोला बनाउने तालिम शुरु

0

बर्दघाट १४ चैत्र – दाउन्नेदेवी महिला बहुउद्धेश्शीय सहकारी संस्था बर्दघाट –४ को आयोजना बर्दघाट नगरपालिकाको आर्थिक सहयोगमा तीनमहिने बिद्यालय झोला बनाउने तालिम बर्दघाटमा शुरु गरिएको छ ।
उद्घाटनमा नगर प्रमुख धीरज शर्मा बस्यालले तालिममा सिकेका कुरा जिवनमा उतारेर आत्मनिर्भर हुन सहभागीहरुलाई आग्रह गर्नुभयो ।
संस्थाकी ब्यवस्थापक हिरादेवी शाहीको स्वागत , बर्दघाट नगरपालिका महिला बालबालिका शाखा प्रमुख अप्सरा सुवेदीको संचालनमा भएको कार्यक्रममा झोला ब्यवसायी तथा प्रशिक्षक नारायण दर्नालले बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष रहेकी संस्थाकी अध्यक्ष देवी पौडेलले सहकारीले थुप्रै तालिम तथा कार्यक्रम ल्याएको बताउदै महिलाहरुलाई आत्मनिर्भर बनाउने योजना संस्थासंग रहेको बताउनुभयो । तालिम असार १४ गते सम्म चल्ने संस्थाले जनाएको छ ।

 

You might also like