उदय युवा कल्वले पायो निशुल्क एम्बुलेन्स

0

नवलपरासी ३० साउन – पश्चिम नवलपरासीको बर्दघाट १४ धर्मबस्तीमा रहेको उदय युवा कल्वले भारतीय स्वतन्त्रता दिवसको अवसरमा एम्बुलेन्स प्राप्त गरेको छ ।

तस्बिर रितमान कामु मगरको फेसबुकबाट

काठमाण्डौस्थित भारतीय राजदुतावासले दिवसको अवसरकमा आयोजना गरेको कार्यक्रममा कल्बलाई सो एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
दुतावासले सो एम्बुलेन्स निशुल्क रुपमा प्रदान गरेको थियो । कल्वका अध्यक्ष जिवन कामु मगर सहित काठमाण्डौ पुगेको टोलीले राजदुतावासले एम्बुलेन्स दिएको थियो । नेपाली काँग्रेसमा केन्द्रीय सदस्य तथा पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको पहलमा १५ अगस्तको अवसरमा सो एम्बुलेन्स दिइएको बताइएको छ ।

एम्बुलेन्स ल्याउनका लागि अझै १५ दिन लाग्ने समेत कल्बका अध्यक्ष जिवन कामुको भनाई उदृत गर्दै कार्यक्रमका एक सहभागीले बताए ।

You might also like