यू–१९ टिमको कप्तान बने रोहितकुमार

0


१ चैत, काठमाडौं -आसन्न यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटका लागि १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।रोहितकुमार पौडेलले कप्तानको जिम्मेवारी पाएका छन । उनी सिनियर टिमका नियमित सदस्य समेत हुन । टोलीमा आसिफ शेख, पवन शरार्फ, सन्दीप जोरा, भीम सार्की, रसिद खान र कमल सिंह ऐरी छन । यस्तै रविकुमार शाह, सागर ढकाल, अभिशेक बस्नेत, कुशल मल्ल, हरिबहादुर गौचन, प्रतिश जिसी, आकाश चन्द, सूर्य चामा, लोकेशबहादुर बम र शेर मल्ल छन । टोली भोलि नै भारतको आन्द्रा जानेछन । आन्द्र प्रदेश क्रिकेट टिमसँग चार अभ्यास खेल हुनेछ र त्यस आधारमा अन्तिम १४ टिम घोषणा हुनेछ । अनलाइनखबर

You might also like