वडाध्यक्ष कप फुटबल प्रतियोगितामा सुर्यनगर र नवनेपालबीच खेल हुने

0

बर्दघाट – बर्दघाट नगरपालिका वडा नम्बर ४ मा सञ्चालन भएको प्रथम बर्दघाट वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आज आइतवार सुर्यनगर युवा क्वल बर्दघाट १६ र र नव नेपाल दबिल्ला बर्दघाट १२ बीच प्रतिष्पर्धा हुर्दैछ । शनिवारको दोस्रो खेलमा गौतमबुद्ध युवा क्लब बर्दघाट ४ ‘ए’ फराकिलोे अन्तरले विजयी भएको थियो । गौतमबुद्धले उदय युवा क्बल धनेवा बर्दघाट १० लाई ८–१ को फराकिलो अन्तरले जित हासिल गरेको थियो । गौतमबुद्धका महेश आले एक्लैले ४ गोल हानेका छन् भने सन्दीप रायमाझीले ३ गोल गरे । यस्तै विज्ञान गुरुङले एक गोल हानेका थिए । उदय युवा क्लबका एलिस राना मगरले १ गोल फर्काएका थिए ।

 

You might also like