नेबिसंघद्वारा पार्टी कार्यालय सरसफाई

0

उमेश बि.क/ नवलपरासी , ८ असार

नेपाली काङ्ग्रेसकाे भातृसंगठन नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले पार्टी कार्यालय परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

नेविसघं पश्चिम नवलपरासीका निबर्तमान उपाध्यक्ष अर्जुन पौडेलको नेतृत्वमा तथा नेपाली काङ्ग्रेस जिल्ला सभापति बिष्णु पाैडेलकाे बिशेष उपस्थितिमा फाेहाेर ब्यवस्थापन तथा सरसफाइ गरिएको हाे ।

सरसफाइ कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाली काङ्ग्रेस जिल्ला सभापति पाैडेलले नेविसघं नवलपरासीले निकै उत्कृष्ट काम गर्दै अाईरहेकाे र राष्ट्र राष्ट्रियताकाे चिन्तन सहित समाज परिवर्तनकाे लागि विभिन्न अभियानमा सहभागी हुदै तमाम रचनात्मक काम गरेको बारे प्रशंसा ब्यक्त गर्नु भएको थियाे।

सरसफाइ कार्यक्रममा पार्टी जिल्ला सहसभापति सुबास गिरी, जिल्ला सदस्य देवराज भण्डारी ,ने बि संघ निबर्तमान अध्यक्ष राजन भण्डारी , निवर्तमान उपाध्यक्ष अनिस मान श्रेष्ठ, क्षेत्रीय सभापति धिरज हलुवाइ, दिव्यज्योती क्याम्पसका सभापति कमल बस्याल , सचिव केदार चौधरी ,पाल्ही बहुमुखी क्याम्पस सभापति इमामुल अलि लगायत नेविसंघका जिल्ला सदस्यहरुको उपस्थिति रहेको जिल्ला सहसचिव विकास घिमिरेले जानकारी दिनुभयो ।।

You might also like