अग्नी नियन्त्रण उप समिति गठन

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाट ४ मा रहेको पारिजात सामुदायिक वन उपभोक्ता समुह
ले उपाध्यक्ष लक्ष्मी बर्ताैलाको संयोजकत्वमा अग्नी नियन्त्रण उपसमिति गठन गरेको छ । जसको सदस्यमा राजु बस्नेत र नेत्रकुमारी क्षेत्री रहेको बताइएको छ । वनमा बर्षेनी गर्मी संगै डढेलोले प्राकृतिक सम्पदा नष्ट हुदै आउने गरेको छ । उपसमितिले वन क्षेत्रका उपभोक्ताहरुलाई आगलागी कसरी नियन्त्रण र न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा अभिमुखिकरण समेत शुरु गरेको बताइएकोछ । उपसमितिले बनमा अग्नी रेखा निर्माण गर्ने र सरसफाई गर्ने देखि आगलागि नियन्त्रण गर्ने टोल टोलमा समिति समेत निर्माण गर्ने बनका अध्यक्ष चुडामणी भण्डारीले बताउनुभएको थियो । उपसमितिले शनिवार बर्दघाट नगरपालिका वडा नम्बर ४ को आनन्दनगरमा उपभोक्ताहरुलाई भेला गराएर बन क्षेत्रको संरक्षण कसरी गर्ने , आगलागी नियन्त्रणमा कसरी सहभागी हुने, मौसम परिवर्तनले पार्ने प्रभाव लगायतका विषमा अभिमुखिकरण गरेको थियो । त्यस्तै मर्चाघोला र डांडा टोलमा पनि कार्यक्रम गरिने र टोल स्तरको अग्नी नियन्त्रण समिति बनाईने संयोजक बर्तौलाले बताउनुभयो ।

You might also like