बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिरमा यसरी मनाइयाे कृष्णाष्टमी (फाेटाेफिचर)

0

काठमाडाैं, २७ साउन ।  आज भाद्र कृष्णाष्टमी, भगवान कृष्णको जन्म भएको सम्झना कृष्ण जन्माष्टमी पर्व मनाईंदै छ । ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ ।

द्वापर युगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । मामा कंस लगायतको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानिसका अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

विगतका वर्षाहरूमा  यस पर्वको अवसरमा ललितपुर पाटनको मंगलबजारस्थित श्रीकृष्ण मन्दिर, काठमाडौं गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिर, हाँडीगाउँस्थित पीपलबोटभित्र रहेको कृष्णमन्दिर लगायत देशभरका कृष्ण मन्दिरमा पूजा आराधना गर्नेको बिहानैदेखि भीड लाग्ने गर्थ्याे  ।

यस वर्ष भने कोरोनाभइरसका कारण भक्तजनहरुलाई मन्दिर प्रवेश गर्न दिइएको छैन । बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिरमा पनि भक्तजनहरूलाई मन्दिर प्रवेश गर्न दिइएको छैन ।

बूढानीलकण्ठस्थित कृष्ण भावनामृत संघको मन्दिरमा मनाइएकाे कृष्णाष्टमी

News24nepal

You might also like