सरावल गापा काे वडा न ५ मा हाजिरी जवाफ प्रतियाेगिता सम्पन्न

0
नन्दु यादव ,भाद्र २६
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ५ मा अव्यवस्थित बिनाेद निता कण्डेल अाधारभुत बिद्यालय मा अाज हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएकाे छ ।बिकास सम्बाद केन्द्र काे अायाेजना तथा ए बि सी नेपाल ,स्ट्राेम फाउन्डेसन र वडा न ५काे वडा कार्यालयकाे सयुक्त सहयाेग मा कार्यक्रम सम्पन्न भएकाे हाे ।बिकास सम्बाद केन्द्र सम्बाद सहयाेग समुहका सयाेजक राजमाेहन बरईकाे अध्यक्षता तथा सरावल गाउपालिका वडा न ५का वडा अध्यक्ष दिनेश सहानीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे।कार्यक्रम मा अयसाा खातुन काे स्वागत मन्तब्य रहेकाे थियाे भने ,महेन्द्र जनता माध्यमिक बिद्यालय गडाैरीका प्राधानाध्यापक हरिपाल यादव ,वडा न ४का कार्यालय सहयाेगि राजेश यादव लगायतले शुभकामना मन्तब्य दिनु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि सहानी ले हाजिरी जवाफ प्रतियाेगिताले किशाेेर किशारीहरुकाे अन्तरनिहित प्रतिभाकाे बिकास गर्ने भएकाे ले हाजिरी जवाफ प्रतियोगिता हरेक क्षेत्रमा गर्न जरुरी रहेकाे बताउनु भयाे खास गरि हाजिरी जवाफ प्रतियोगिताले किशाेर किशाेरी हरुकाे साेच्ने क्षमता र प्रतिस्पर्धात्मक साेचकाे बिकास गराउने भएकाेले कार्यक्रम अायाेजना गर्ने अायाेजक लाई धन्यबाद समेत ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा वडा न ४/५/६काे कुल १५ वटा सम्बाद केन्द्र हरुकाे सहभागिता रहेकाे थियाे। जसमा प्रथम ज्याेति सम्बाद केन्द्र , द्वितीय भुमिका सम्बाद केन्द्र, तृतिय जनएकता सम्बाद केन्द्र र सान्तवानामा सक्षम सम्बाद केन्द्र ले बिजयीी हासिल गरेका हुन ।बिजयी सम्बादलाई पुरस्कार समेत बितरण गरिएकाे थियाे ।अाउने दिनमा किशाेर किशाेरीहरुकाे चाैतर्फि बिकास का लागि बकतृत्वकला ,हाजिरी जवाफ प्रतियाेगिता लगाय थप नया नया कार्यक्रम सन्चालन गरिने ए बि सी नेपाल कि सहजकर्ता शाईदा निशा पठानले बताउनु भयाे ।कार्यक्रमा वडा सदस्य किशुन गाैड ,रबडि देबि हरिजन , बिन्द्रावति देबि राजभर त्रिबेेणी यादव लगायतकाे सहभागिता रहेकाे  थियाे।
You might also like