कबड्डी र खोखोको छनौट खेल कावासोतीको जीवन ज्योति माविमा

0

कावासोती । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि गण्डकी स्तरीय खेलाडी छनौट प्रतियोगिता अन्तरगत कबड्डी र खोखोको छनौट खेल कावासोतीमा हुने भएको छ । कावासोतीको जीवन ज्योति माविमा आइतबार दिउँसो १ बजेबाट शुरु हुने प्रतियोगिताको गण्डकी प्रदेशका सभासद रोशनबहादुर गाहाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आइतबार, सोमबार र मंगलबार गरी ३ दिन चल्ने प्रतियोगितामा कबड्डी र खोखोका खेलहरु हुने जिल्ला खलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसीले बताए । कबड्डीमा नवलपुर, कास्की, लम्जुङ्ग, बाग्लुङ्ग, म्याग्दी र गोर्खाका गरी ६ जिल्लाको टिमको सहभागिता रहने छ भने खोखोमा नवलपुर, कास्की र गोर्खाका गरी ३ जिल्लाको सहभागिता रहने छ ।

You might also like