फार्ममै पुगेर कृषि यन्त्र दिएपछि पशुपालक कृषक दंग

0

तुलसी चौधरी / गायत्री चौधरी
नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ को कार्यालयले पशुपालक कृषकलाई कृषि यन्त्र बितरण गरेको छ ।

बुधवार कृषककै फार्ममा पुगेर वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रबक्ता रविन्द्र बिक्रम हमालले कृषि यन्त्र हस्तान्तरण गर्नुभएको थियो । वडा कार्यालयले बर्दघाट ४ बाडिपिडितका ब्यवसायिक भैसीपालक कृषक श्रीधर भण्डारी गोठ तथा भैसी सफा गर्ने क्लिनर मेसिन र बुङगुर फार्म संचालक राम बहादुर रानालाई दाना बनाउने मेसिन हस्तान्तरण गरेको थियो ।

कार्यक्रममा स्थानीय पत्रका प्रबन्ध निर्देशक रवि पाण्डेय , दौतरी एफ एमका प्रबन्ध निर्देशक नारायण भण्डारी र पशु सेवा प्राविधिक रामप्रसाद पौडेललगायत सहभागी हुनुभएको थियो । आफनो ब्यवसायिक फार्म मै कृषि यन्त्र हस्तान्तरण गर्न वडाध्यक्ष आएपछि आफुलाई अझै धेरै हौंसला मिलेको पशुपालक कृषकले सो अवसरमा बताएका थिए ।

कृषक भण्डारी र रानाले वडा कार्यालयले आफुहरुलाई ब्यवसायिक रुपमा गरेको सहयोगले ब्यवसाय विस्तारमा प्रगति गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । यन्त्र वडा कार्यालयको ७० प्रतिशत र पशुपालक कृषकको ३० प्रतिशत रकमबाट सो यन्त्र दिइएको हो । यस अघि वडा कार्यालयले देउराली बाख्रापालन समुहलाई बोयर क्रस बोका प्रदान गरको थियो ।

यन्त्र हस्तान्तरण पछि वडाध्यक्ष हमाल नेतृत्वको टोलीले बाडिपिडितमा भइरहेको सडकको अनुगमन गरेको थियो । प्रशिक्षार्थी पत्रकार

You might also like