संविधान निर्माणको पाँच वर्ष पुरा जनताले के पाए, असन्तुष्टी किन छ ?

0

काठमाडौं, असोज ३ । आज पाँचौ संविधान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइदै छ । कोरोना महामारीका कारण ठूला औपचारीक समारोहहरु नरहे पनि विभिन्न कार्यक्रमहरु हुने छन् । सरकारले घर घरमा झण्डार राखेर यो दिवस मनाउन अपील गरेको छ ।

नेपाली जनताले आफूले चुनेका प्रतिनिधिमार्फत संविधान प्राप्त गर्ने सात दशक लामो चाहनाले २०७२ असोज ३ गते मूर्तरुप पाएको भनिएको थियो थियो ।

संविधान जारी भएको दुई बर्ष भित्रै नेपालको संविधान कार्यान्वयनको पहिलो खुड्किलो स्थानीय निर्वाचन सम्पन्न भइसकेको छ । प्रदेश र प्रतिनिधीसभा निर्वाचन पनि भयो ।
त्यो बेला सम्म सकारात्मक आशा गरेका जनता पछिल्लो तीन वर्षमा पूर्ण निराश बन्ने स्थिति देखिएको छ ।
भारतको नाकाबन्दी र अवरोधका बीच संविधान जारी भएकाले पनि सरकारले केही लोकप्रियता पाप्त गरेको थियो ।
तर अहिले खास गरी कोरोना महामारी पछि सरकारले गरेका काम, बढदो भ्रष्टाचार, नातागोता र भ्रष्ट चरित्रकालाई समेत नियुक्ति, निर्वाचन हारेकालाई पनि राष्टिय सभामा लगिने, महामारीमा जनताले राहत र रोजगारी नपाएर र उपचार नपाएर छटपटाउनु पर्ने अवस्था, विदेशमा अलपत्र नेपालीमाथि उद्धारमा चुक्नु, सत्ताका लागि हानाथाप गर्नु जस्ता कुराले नयाँ सविधान पछि र नयाँ दुई तिहाईको सरकार आए पछि जनताले गरको आशा निराशामा बदलिएको अनुभव विज्ञहरुको छ ।
सरकारले संविधान कार्यन्वयनका लागि थुप्रै कानुन बनाए पनि प्रभावकारी हुन सकेका छैनन् ।
अर्कोतिर अझै पनि जनता समाजवादी पार्टीले संविधान दिवस मनाएको छैन । उसले संविधान शसोधनको माग राखेर निरन्तर आवाज उठाईरहेको छ ।
गणतन्त्रात्मक संविधान आउदा पनि दलका नेता र सार्वजनिक पद धारण गर्नेहरुको चरित्र र व्यवहार पुरानै संस्कृतिको हुनु, आर्थिक विकास सुस्त हुनु, बेरोजगारी अन्त्य, शैक्षिक क्षेत्रको गुणात्मक विकास नहुनु जस्ता थुप्रै समस्या देखिएका कारण जनताले आशा गरे अनुसार प्रतिफल प्राप्त गर्न सकेका छैनन् ।

नेपालको लिखित संविधान मध्ये यो सातौं संविधान हो भने नयाँ संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको परिचय दिएको छ । तर व्यवरमा त्यसको कार्यन्वयन निकै फिताले भएको जानकारहरु बताउछन ।

नेपालमा २००४ सालको अन्तरीम संविधान हुदै पटक पटक संविधान जारी भए । २०४७ सालमा जारी भएको संविधानलाई पनि विश्वमै उत्कृष्ट संविधान भनियो तर त्यो पनि लामो समय टिकेन ।
त्यस पछि दश बर्षे माओवादी जनयुद्ध पछि ६३ सालमा अन्तरीम संविधान जारी भयो । त्यसले केही बर्ष मुलुक संक्रमणकालीन अवस्थामा गुज्रियो । तर ७२ सालमा जारी भएको संविधानले पनि अझै अधिकार पुरा नदिएको भन्ने असन्तुष्टी एकातिर छ भने गुणात्मक शासकीय संरचना र स्वरुप परिवर्तन नहुदाँ जनतामा खासै उत्साह पैदा हुन सकेको देखिदैन ।

यसैविच राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवं आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना दिँदै नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि प्राप्त गरेको संविधान कार्यान्वयन गर्दै लैजानुपर्ने बताईन् ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले दिवसको शुभकामना दिँदै संविधानको पूर्ण कार्यान्वयनसँगै राजनीतिक संक्रमण पूर्ण अन्त्य भई देश आर्थिक समृद्धिको यात्रामा अघि बढ्ने विश्वास व्यक्त गरे ।यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसकोअवसरमा शुभकामना दिएका छन् ।…….Mirmire online

You might also like