पत्रकार महासंघ नवलपुरको निर्वाचनः १० पदका लागि २५ जनाको उमेद्वारी

0

कावासोती – नेपाल पत्रकार महासंघ बर्दघाट सुस्ता पूर्व जिल्ला शाखाको १० रिक्त पदमा २५ जनाको उम्मेदवारी परेको छ । एक वर्षअघि भएको महासंघ नवलपरासी शाखाको निर्वाचनबाट निर्वाचित समिति दुई जिल्लामा विभाजित भएपछि रिक्त पदमा निर्वाचन प्रक्रिया अन्तर्गत बुधबार उम्मेद्वारी दर्ता गरिएको हो । खुला उपाध्यक्ष, सचिव, समावेशी सहसचिव, खुल्ला सदस्य ५ र एक एक जना मधेसी र दलित सदस्यको पदमा २५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक भूपेन्द्र शर्मा भट्टराईले जानकारी दिए । खुल्ला उपाध्यक्षमा बुद्धिसागर पोखरेल सागर, श्रीराम सिग्देल र घनश्याम बगालेको उम्मेदवारी परेको छ । यस्तै, सचिव पदमा तीर्थराज डुम्रे र प्रेमसागर न्यौपानेको उम्मेदवरी परेको छ भने समावेशी सहसचिवमा प्रेमध्वज गाहामगर, सारदा झेडीमगर र इतराज गुरुङको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै खुल्ला सदस्यमा लोकनाथ पंगेनी, कमल चापागाई, राजु चापागाई, कृष्णकुमारी ढकाल, सालिकराम क्षेत्री, उत्तमबहादुर घर्ती, भविश्वर पाण्डे, पूर्णप्रसाद खराल, लक्ष्मी पंगेनी, अर्जुन सापकोटा, श्रीधर उपाध्याय, विवेक भण्डारी, संजय भट्टराईको उमेदवारी परेको छ । जनजाति सदस्यमा दिपेन्द्र थापा मगर र टोपबहादुर रानाको उमेदवारी परेको छ ।

You might also like