बर्दघाट १६ द्वारा कृषकलाई बिउबिजन बितरण

0

बर्दघाट १४ मंसिर – पश्चिम नवलपरासीको बर्दघाट–१६ ले कृषक प्रोत्साहनका लागि वडा भित्र रहेका किसानहरुलाई विभिन्न प्रजातिका बीउबिजन तथा स्प्रे ट्याङ्की बितरण गरेको छ ।

कार्यक्रममा वडा भित्र रहेका १ सय ६४ कृषकहरुलाई मुला,मार्फा साग,केराउ,घिउ सिमि लगायतका तरकारीहरुका बीउ बितरण गरिएको हो । त्यसैगरी ३ ओटा बाख्रा पालन समूह लाई १५ केजीको दरले र अन्य किसान लाई प्रतिब्यक्ती २ केजीका दरले २ सय जनालाई जै घाँसको बीउ बितरण गरिएको थियो । वडाले तरकारिमा छिट्ने १०० थान किटनाशक औषधि र ६ ओटा टोल सुधार समितिहरुलाई १२ वटा स्प्रे ट्याङ्की हस्तान्तरण गरिएको वडाध्यक्ष सुकबहादुर गुरुङले जानकारी दिनुभयो ।

You might also like