राहत शिक्षकको आन्दोलन प्रति अनेराशि संगठनको ऐक्यबद्धता

0

बुटवल – नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल राष्टिय शिक्षक संगठनले राहत शिक्षकको आन्दोलनमा सरकारले ज्यादती गरेको भन्दै सो आन्दोलनमा आफनो ऐक्यबद्धता रहेको जनाएको छ । संगठनका प्रदेश नम्बर ५ र नवलपरासी जिल्ला समितिले छुटटाछुटै बिज्ञप्ति जारी गर्दै राहत शिक्षकमा पेशागत माग पूरा गर्नुको साटो सरकार दमनमा उत्रिएको भन्दै घोर भत्र्सना गरिएको छ । संगठनका प्रदेश नम्बर ५ का संयोजक क्षेत्रबहादुर थापा र पश्चिम नवलपरासीका संयोजक बोल्गा नेपालले बिज्ञप्ति जारी गर्दै राहत शिक्षकका आन्दोलन प्रति ऐक्यबद्धता जनाउनुभएको हो । बिज्ञप्तिमा राजनैतिक आन्दोलनमा शिक्षकहरुले गरेको योगदानको समेत स्मरण गरिएको छ ।

You might also like