त्रिवेणी सामुदायिक टेलिभिजनको साधारणसभाद्धारा सुझाव समिति गठन

0

नवलपरासी – नवलपरासी सुचना तथा संचार सहकारी संस्था लिमिटेड बर्दघाट ४ को चौथो साधारणसभाले त्रिवेणी सामुदायिक टेलिभिजनको समस्या समाधानका लागि सुझाव समिति गठन गर्ने निर्णय गरेको छ । सभाले अध्यक्ष भोजराज ढकालको प्रगति प्रतिबेदन कोषाध्यक्ष सुखाराम चौहानको आर्थिक प्रतिबेदन र लेखा संयोजक शिवप्रसाद शर्माको लेखा प्रतिबेदन माथि ब्यापक छलफल गरी परिमार्जन सहित पारित गरेको छ । उक्त सभाले १५ दिन भित्र टेलिभिजनका देखिएका समस्या समाधान तथा कार्ययोजना बनाउनका लागि सुझाव समिति गठन गरेको हो । समितिमा संयोजक नतोकेपनि समितिको सदस्यहरुमा शिव प्रसाद पौडेल , देवीदत्त सापकोटा , नारायण भण्डारी, अशोक ज्ञवाली र रामजी लौडारी सदस्य रहनुभएको समितिका सदस्य शिव पौडेलले जानकारी दिनुभयो । त्यस्तै सभा उद्घाटन सत्रमा बोल्दै प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीे संस्थालाई दिगो बनाउन संचालकहरुले योजना बनाउनुपर्नेमा जोड दिदै संस्थामा पर्ने समस्या समाधानका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । कार्यक्रममा सांसद भगवती भण्डारी बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्याल , वडा नम्बर ४ का वडाध्यक्ष तथा नगर कार्यपालिकाका प्रबक्ता रविन्द्र बिक्रम हमाल , जिल्ला सहकारी संघका उपाध्यक्ष बृहस्पति अधिकारी , नेपाली काग्रेसका नगर सभापति शम्भुलाल श्रेष्ठ नेकपा क्रान्तिकारी माओवादीका राजु प्रसाद खनाल, रेडियो दाउन्नेका अध्यक्ष नारायण पाण्डेय, सामुदायिक वन महासंघका अध्यक्ष कमल परियार स्वामीकृष्ण प्रपन्नाचार्य लगायतले शुभकामना राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष भोजराज ढकालको अध्यक्षता सचिव केहर सिं कुवरको संचालन उपाध्यक्ष राजेन्द्र सुनारको स्वागतमा भएको थियो ।

You might also like