नेपाललाइ समृद्ध बनाउनका लागि प्रकृति र संस्कृतिनै पर्याप्त हुन्छ : उपराष्ट्रपति पुन

0

भुमही १७ माघ । उपराष्ट्रपति नन्द बहादुर पुनले नेपाललाइ समृद्ध बनाउनका लागि प्रकृति र संस्कृतिनै पर्याप्त हुने विचार ब्यक्त गर्नु भएको छ ।
पश्चिम नवलपरासीको सुनवलमा विहीवार देखि सुरु भएको प्रथम औधोगिक ब्यापार मेला तथा लोक सांस्कृतिक पर्यटन महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले नेपालमा अव समृद्धिको युग सुरु भैसकेको बताउनु भएको हो । देशलाई समृद्ध बनाउन प्रकृतिले दिएको उपहारलाई भरपुर प्रयोग गर्नुपर्ने र नेपाली संस्कृतिको माध्यलेम बाट पर्यटक आकर्षण गर्दै पर्यटनको माध्यम बाट मुलुक समृद्ध बन्ने र नागरिकको स्तर समेत उकासिने पुनले बताउनुभयो । देश विकासका लागि औधोगिक क्षेत्रको विकास गर्दै परम्परागत पद्धतीलाई छोडेर यान्त्रिक र प्रविधि सहितको पद्धति अंगाल्नुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभयो । पुनले आम नागरिकले देशमा केहि भएन भनेर निरास भए पनि विस्तारै सवै क्षेत्रमा विकासको लहर देखापर्न थालेको बताउनुभएको थियो । देश विकासमा प्रमुख बाधकको रुपमा भ्रष्टाचार देखा परेको भन्दै भ्रष्टाचार गर्नेलाई कुनै पनि क्षेत्रबाट उन्मुक्ति दिन नहुने धारणा ब्यक्त गर्नुभयो । नवलपरासी विकासका हिसावले प्रचुर सम्भावना भएको जिल्ला रहेकोले जिल्ला भित्र रहेका बुद्ध संग सम्बन्धीत ठाउहरुलाई बुद्ध सर्किटमा जोडेर विकास गर्दै लैजानुपर्नेमा उपराष्ट्रपति पुुनले जोड दिनुभएको छ । रामग्रामको विकासका लागि आफुले लुम्विनी विकास कोसका पदाधिकारीहरुलाई निर्देशन दिएपछि अहिले रकम विनियोजन भएर काम अगाडि बढेको समेत पुनले बताउनुभयो । आफुले चिनिया निकायहरुमा समेत रामग्रामको विकासका लागि सहयोग गर्न पहल गरे अनुरुप केहि कामहरु सुरु भैसकेको बताउनुभयो । नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रनै सबैभन्दा महत्वपूर्ण रहेको भन्दै नेपाल आउने पर्यटकहरु लामो समय बस्ने र बढि खर्च गर्ने खालका भएमा माथ देशले पर्याप्त आर्थिक विकास गर्न सक्ने पुनले बताउनुभयो । पर्यटकहरुको बसाई लम्ब्याउनका लागि पर्यटन क्षेत्रमा भौतिक पुर्वाधारको विकास गर्दै नेपाली कला संस्कृतिलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तर सम्म परिचित गराउनुपर्नेमा उपराष्ट्रपति पुनले जोड दिनुभएको थियो । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले प्रदेश नम्बर ५ पर्यटनमा प्रचुर सम्भावना भएको प्रदेशको रुपमा रहेको र पर्यटन मार्फत नै प्रदेशलाई समृद्ध बनाउने गरी सरकारले दिर्घकालिन योजना बनाएको बताउनु्भयो । हाल प्रदेश नम्बर ५ मानव विकास सुचकाङ्कका आधारमा चौथो स्थानमा रहेकोमा आगामी ५ बर्ष भित्र सात प्रदेश मध्येकै पहिलो नम्बरमा पुराउने गरी योजनाहरु अगाडि बढाईएको मन्त्री चौधरीले बताउनुभयो । उद्घाटन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पश्चिम नवलपरासीका प्रमुख शिव शंकर रायले नवलपरासी पर्यटन क्षेत्रमा राम्रो सम्भावना भएकोल जिल्ला भए पनि अहिले सम्म पर्यटक आकर्षित गर्न नसकिएको बताउनुभयो । भगवान गौतम बुद्धको एक मात्र अस्थि धातु रहेको रामग्राम स्तुप र बुद्धको मावली भनेर प्रमाणित भैसकेको पण्तिपुरको विकासको लागि लुम्विनी विकास कोषले उपेक्षा गरेको रायको भनाई थियो । महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उद्योग बाणिज्य संघ सुनवलका अध्यक्ष रमेश कर्माचार्यले नवलपरासी जिल्लालाई औधोगिक क्षेत्रको रुपमा विकास गर्न मुल भन्सारको रुपमा स्तर उन्नती भएको महेसापुर नाकालाई थप ब्यबस्थीत गर्नुपर्ने र महेषपुर सुनवल हुंदै पाल्पा डोड्ने सडक विकास गरी ब्यबसाय र उद्योगको समेत विस्तार गर्नका लागि सरकारी स्तरबाटै ठोस योजना बन्नुु पर्नेमा जोड दिनुभएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नवलपरासीका अध्यक्ष भरत क्षेत्रीले लोक संगिको क्षेत्रमा विभिन्न बिकृति र विसंगति देखिएको भन्दै त्यसलाई रोक्नका लागि उपराष्ट्रपति मार्फत सम्बिन्धित निकायको ध्यान आकर्षण गर्न पहल गर्नकालागि आग्रह गर्नुभएको थियो ।

You might also like