आईशोलेसन भवनको निर्माण कार्य अन्तिम चरणमा

0

कृष्ण ढकाल
बर्दघाट १७ श्रावण – पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिकाले बर्दघाट –२,चिसापानीमा सुविद्या सम्पन्न् आईसोलेसन भवन निर्माण गरिरहेको छ । चिसापानीको खुल्ला चौरदेखि पश्चिम साईटमा निमौण भैरहेको आईसोलेसन भवनको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको छ । विश्वभरी फैलिएको कोभिड–१९ को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गरी संभावित संक्रमणवाट वच्नका लागि उच्च सर्तकता अपनाउदै नगरले चिसापानीमा आईसोलेसन भवन निर्माण गरेको हो । चिसापानीमा रहेको चिसापानी अस्पताललाई पछि सोही भवनमा स्थानान्तरण गर्नैगरी उक्त भवन निर्माण गरिएको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालले बताउनुभयो ।
छिटो छरीतो रुपमा आईसोलेसन भवनको निमाणर््ाकार्य भएको भन्दै त्यसलाई अझ प्रभावकारी रुपमा सम्पन्न गर्नका लागि नगरले यस आर्थिक वर्षको आफ्नो नीति तथा कार्याक्रममा नै २० लाख बजेट विनियोजन गरेको बर्दघाट नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत मेधनाथ पाध्यायले जानकारी दिनुभयो ।
यता बर्दघाट २ की वडाध्यक्ष दया दर्लामीले चिसापानीमा निर्माण भैरहेको आईसोलेसन भवनलाई पछि चिसापानी अस्पतालका रुपमा परिणत गर्ने लक्ष्य रहेको बताउदै त्यसले समग्र बर्दघाट नगरपालिकाको विकासमा नयां आयाम थपेको बताउनु भएको छ । बर्दघाट नगरको यस वर्षको गौरवको आयोजना भनेर भन्न सकिने आयोजनाका रुपमा रहेको आईसोलेसन भवन निर्माणका लागि बर्दघाट नगरपालिकाले आ.ब. २०७६÷०७७ मा नगर कार्य पालिकावाट नै पास गरेर करिव ६३ लाख बजेट छुट्टाएको थियो । जस्मा गत आ.व.मा ५९ लाख ९१ हजार ५८ रुपैया खर्च गरेको नगरपालिकाको तथ्याकमा उल्लेख रहेको छ भने आगामी आ.व.२०७७÷०७८ कालगि २० लाख बजेट विनियोजन गरेको छ । दुईवटा ट्रष्ट रहनेगरी आईसोलेसन भवन निर्माणका लागि ७५ लाखको स्टिमेट गरेर शुरु गरीएको आईसोलेसन निमार्ण उपभोक्ता समितिका अध्यक्ष धन प्रसाद श्रेष्ठ(डि.पी.)ले बताउनुभयो ।
थोरै समय र त्यसमा पनि कोभिड–१९ का कारण माल समान तथा मिस्त्री र मजदुरहरुको अभावका वाबजुद पनि स्थानियवासीहरुको सहयोगले गर्दा आईसोलेसन भवन निर्माणको काम ८० प्रतिशत बढी काम भएको निमार्ण उपभोक्ता समितिका सचिव सन्तोष भूर्तेलले बताउनुभयो ।
विश्वभरी फैलिएको कोभिड–१९ को ब्यवस्थापनसंगै थोरै समयमा आईसोलेसन भवन निर्माण भएको देख्दा स्थानियवासीहरु मख्ख परेका छन् । चाहेमा कुनै पनि काम समयमा गर्न सकिने रहेछ भन्दै उनीहरुले अब उक्त आईसोलेसन भवनलाई पछि चिसापानी अस्पतालका रुपमा परिणत गर्ने गरी गरेको बर्दघाट नगरकार्यपालिकाको निर्णय र नगरपालिकाको कार्यान्वयन पक्षलाई खुलेर प्रशंसा गरेका छन् ।

You might also like