तामाङ समुदाय सोनाम ल्होसारको तयारीमा

0

काठमाडौं । तामाङ समुदायले मनाउने सोनाम ल्होसार यो वर्ष माघ २१ र २२ गते मनाउने भएका छन् । यसको तयारीका लागि उनीहरुले आयोजक समिति निर्माण गरी अघि बढाएका छन् । काठमाडौं केन्द्रित केन्द्रीय कार्यक्रम टुँडिखेलमा दुई दिन सांस्कृतिक महोत्सवसहित भव्य रुपमा मनाउने तयारी भइहेको छ । नेपाल तामाङ घेदुङको समन्वयमा काठमाडौमा बसेको विभिन्न संघसंस्थाको सयुक्त बैठकले पर्वका बारेमा निकै छलफल गरेको छ । उनीहरुका अनुसार ख्रेला छेपागिक अर्थात् माघ २२ गतेका दिन परेको सोनाम ल्होसार एक सांस्कृतिक पर्व तथा नयाँ वर्षका रुपमा मनाइन लागिएको हो । ल्होसारको कार्यक्रम भव्य रुपमा सम्पन्न गर्नका लागि नेपाल तामाङ घेदुङको संयोजकत्वमा फाग् ढ्वा ल्हो २८५५ औं सोनाम ल्होसार मुल समारोह समिती गठन भइसकेको छ ।

You might also like