भौतिक दुरी राख्दै, बिपद् ब्यवस्थापनमा जुट्दैं

0

नवलपरासी १६ चैत्र – बर्दघाट नगरपालिकाले भौतिक दुरी राख्दैं कोरोना बिरुद्ध अभियानमा जुटने अभियान तीब्र बनाएको छ ।
सो क्रममा नगर कार्यपालिका अन्तरगत वडाध्यक्ष सहितको बैठक भौतिक दुरी कायम गर्दै खुल्ला चौरमा आईतवार भयो । बैठकमा यस अघि नगरले गरेका कोरोना सक्रमणका कार्यलाई नगर प्रमुख धीरज शर्मा बस्यालले प्रस्तुत गर्दै बिभिन्न निर्णयहरु गरिएका छन् ।

कार्यपालिका बैठक चौरमा

त्यस्तै आइतवार नै भौतिक दुरी कायम गर्दै सर्बपक्षीय बैठक भएको छ । बैठकले नगरमा कोरोना भाईरस संक्रमण प्रबेश गर्न नदिन बैदेशिक रोजगारबाट आएकाहरुलाई निगरानीमा राख्दै अत्यावश्यक बस्तु आपूर्ति सम्बन्धि निर्णय लिइएको छ ।

बिपद सम्बन्धि सर्बपक्षीय बैठक खुल्ला चौरमै

त्यस्तै नगरका वडाहरुमा समेत अभियानलाई तीब्रता दिईएको स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिनुभयो ।

डिस्इन्फेक्सन छर्दै दुरी कायम गर्दै

उता बर्दघाट नगरपालिका कार्यपालिकाका प्रवक्ता तथा वडा नम्बर ४ का वडाध्यक्ष रविन्द्र बिक्रम हमालले त्रिवेणीचोकस्थित हेल्प डेस्कको अनुगमन गर्नुका साथै वाढिपिडितमा भारत तथा तेस्रो मुलुकबाट आएकाहरुको अवस्था घरमै पुगेर बुझ्ने कार्य गरेको ज्ञवालीले बताउनुभयो ।

वडाध्यक्ष हमाल सहितको टोली
You might also like