महिला स्वास्थ्य स्वयंसेविका छलफल कार्यक्रम

0

सुस्ता ः पश्चिम नवलपरासी सुस्ता गाउँपालिका स्वास्थ्य शाखा कुडियाले सुस्ता गाउँपालिकाको महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग बन्ध्याकरण शिविर अगावै एक दिने छलफल कार्यक्रम गरेको छ । सुस्ता गाउँपालिका स्वास्थ्य शाखा कुडियाको आयोजनामा भएको बन्ध्याकरण शिविर अगावै महिला स्वास्थ्य स्वयंसेविकाहरुसंग एक दिने छलफल कार्यक्रममा सुस्ता गाउँपालिकाको वार्ड न १ देखि वडा न ५ गरि ३५ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेकोे थियो भने छलफल कार्यक्रमको सहजीकरण सुस्ता गाउँपालिका स्वास्थ्य शाखा कुडियाका प्रमुख ऋषिराज काफ्लेले गर्नु भएको थियो ।

You might also like