प्राकृतिक चिकित्सालयको आईसोलेशनमा आईसियु तथा भेन्टिलेटर नहुदा विरामीलाई समस्या

0

घनश्याम बगाले नवलपरासी :
पूर्वी नवलपरासीको रजहरमा अवस्थित प्राकृतिक चिकित्सालयमा आईसियु तथा भेन्टिलेटर नहुदा विरामीलाई समस्या हुदै आएको छ । चिकित्सालयमा आईसियु तथा भेन्टिलेटर नहुदा विरामीलाई समस्या आउने वित्तिकै कहां लैजाने भन्ने स्थिती पैदा भएको यसका संचालकहरु बताउछन् ।
जिल्लाका विभिन्न भागबाट पठाईएका ३१ कोरोना संक्रमितहरुलाई उपचारर्थ राखिएको यस चिकित्सालयको आईसोलेशनमा १ सय वेड रहेको छ ।
समुदायबाट संचालित यस चिकित्सालयमा कोभिड १९ रोक थाम तथा नियन्त्रण कार्यक्रम अन्तर्गत २ जना चिकित्सक सहित २५ जनाले सेवा दिईरहेकाछन् ।
जिल्ला अस्पताल र अन्य स्वास्थ्य केन्द्रमा गरी ९ आईसोलेशन बेड रहेको पूर्वी नवलपरासीमा कोरोना संक्रमित निनहूं थपिदा प्राकृतिक चिकित्सालयले थप आइसोलेशनको सुविधा दिएको छ ।
प्राकृतिक चिकित्सा पद्धतीमा ८० विरामी भर्ना गरी सहज उपचार सेवा दिईरहेको यस चिकित्सालयमा कोरोनाको जोखिम बढ्दै जादा ति विरामीहरु घर फर्किएका थिए ।
आधुनिक सुविधा सम्पन्न भवन र भौतिक पूर्वाधार सहित संचालित यस चिकित्सालयलाई जिल्ला विपद ब्यवस्थापन समिति र स्थानीय पालिकाको अनुरोधमा यहांको ब्यवस्थापनले आईसोलेशन संचालनार्थ अनुमति दिएको थियो ।
यस चिकित्सालयमा आईसोलेशन वनाउन गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले अनुगमन गरी उपयुक्त ठहर गरे पछि यहां कोभिड १९ पोजेटिभहरुलाई भर्ना गरी उपचार थालिएको हो ।
चिकित्सालयमा हाल अभाव देखिएको अत्यावश्यक भेन्टिलेटर र आईसियु सुविधाका लागि संघीय सरकार या स्वदेशी तथा विदेशी दातृ निकायले सहयोग गरेमा यहां रहेका विरामीलाई सहज हुने ब्यवस्थापक हरी प्रसाद सापकोटा बताउनु हुन्छ ।
भारतसंग सिमा जोडिएको यस जिल्लामा विदेशबाट आउने कतिपयमा कोभिड १९ देखिए पछि जिल्लाकै पहाडी तथा तराई क्षेत्रका कोरोना पोजेटिभ लाई यहां राखिएको छ ।
गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति नवलपुर, मध्यविन्दु जिल्ला अस्पताल र यहांका सवै स्थानीय निकायहरुको सहयोग रहेको यस चिकित्सालयलाई प्राकृतिक तथा प्यारामेडिक दुवै प्रकारले सुविधायुक्त बनाउनु आवश्यक देखिन्छ ।
चिकित्सालय ब्यवस्थापन समितिका सचिव प्रदीप राज घिमिरेले समुदाय स्तरबाट स्थापित यस अस्पतालमा हालको महामारी बाट बच्न आईपरे करिव ४ सय वेड सुविधाको आईसोलेशन बनाउन सकिने बताउनु भयो ।
कोरोना संक्रमणका विरामी बढ्दै जादा नजिकको भरतपुर तथा प्रदेशकै कोरोना अस्पताल पोखराले थेग्न नसकेका विरामी यस चिकित्सालयमा राख्नु पर्ने स्थिति बन्दै गएको छ ।
कोभिड १९ को विश्वब्यापी लक्षण विरामीमा देखिने स्वास प्रस्वासको समस्या संगै जटिल अवस्थामा विरामी पुगी हालेमा आईसीयु र भेन्टिलेटरकै अभावमा विरामीको ज्यान नजाओस भनि सार्वजनिक सहयोगको अपेक्षा गरिएको हो ।
देशमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागिपरेको राज्यले समुदायबाट संचालित यस चिकित्सालयको आवश्यकतालाई वेलैमा सम्वोधन गरि दिए जनताको हितमा सह्रानीय कार्य हुने स्थानीयहरु बताउछन् ।

चिकित्सालय ब्यवस्थापनले भेन्टिलेटर सहितको सघन उपचार कक्ष निर्माण र कोभिड विरामी उपचारका लागि हालै स्थानीय कृषि विकाश बैंकमा खाता खोली कोष स्थापना गरेको छ ।
एडीबि, रजहर शाखामा खोलिएको ०४१५१००६३०६०००३० नम्वर खातामा चिकित्सालयको विकास र कोरोना विरामीको उपचारमा आर्थिक सहयोग गर्न सकिने बताईएको छ ।
गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय बाट कोभिड १९ अस्थाई अस्पतालको रुपमा विकास गर्ने निर्णय भएको यस चिकित्सालय जिल्लाकै पायक स्थानमा रहेको छ ।
कोरोना अस्थाई अस्पतालमा विकसित यस चिकितसालयमा आईसोलेशन वार्ड विस्तार र विरामी उपचारर्थ जिसस नवलपुरले ४० लाख तथा जिल्लाका ८ स्थानीय तहले २० लाख रुपैयां उपलब्ध गराउने भएकाछन् ।
यसै वीच गण्डकी प्रदेश सरकारले कोभिड १९ को विश्वब्यापी महामारीमा संक्रमितहरुको उपचार र आईसोलेशनका लागि स्थानीय नगरपालिका मार्फत १० लाख रुपैयां उपलब्ध गराएको बताईन्छ ।
अस्पताललाई आवश्य औषधोपचार सामाग्री र १ चिकित्सक सहित केही स्वास्थ्यकर्मी जिल्ला अस्पताल नवलपुर, स्वास्थ्य कार्यालय पूर्वी नवलपरासीले उपलब्ध गराउदै आएको छ ।

You might also like