मंगलापुरमा सप्तचण्डी महायज्ञको तयारी पुरा

0

सरावल- नवलपरासीको सरावल गाउँपालिका वडा नं ४ मंगलापुरमा श्री श्री १०८ सप्तचण्डी महायज्ञको तयारी पुरा भइसकेको छ। पृथ्वी युवा क्लब मंगलापुर तथा पृथ्वी बस्ती मंगलापुर गाउबासिको संयुक्त आयोजनामा हिन्दु धर्मको रक्षा तथा स्थानीय क्षेत्र विकास एवम् राममजानकी मन्दिर निर्माणका लागि माघ ८ गतेदेखि १६ गतेसम्म सन्चालन हुने श्री श्री १०८ सप्तचण्डी महायज्ञको सम्पूर्ण तयारी पूरा भईसकेको महायज्ञ संयोजक जनमेजय यादवले जानकारी दिनुभएको छ । माहायज्ञको अवसरमा आज मंगलापुर राममजानकी मन्दिर तथा मंगलापुरको गाउँघर, बाटोघाटो सरसफाइ गरिएको छ। माहायज्ञमा प्रत्येक दिन बिहान ६ बजेदेखि ९ बजेसम्म पुजा अर्चना कार्यक्रम ,प्रत्येक दिन बिहान ११ बजेदेखि १ बजेसम्म प्रबचन कार्यक्रम ,प्रत्येक दिन दिउसो १ बजेदेखि ३ बजेसम्म रामलिला कार्यक्रम,प्रत्येक दिन दिउँसो ३ बजेदेखि साझ ६ बजेसम्म पुजापाठ कार्यक्रम,प्रत्येक दिन साझ ८ बजेदेखि रामलिला कार्यक्रम ,यज्ञ समापन माघ १६ गते तथा प्रसाद बितरण कार्यक्रम १७ गते बुधबार हुने महायज्ञ संयोजक यादवले जानकारी दिनुभएको छ । आचार्य जि बिनोद त्रिपाठीले प्रवचन गर्ने यज्ञ सम्पादन समितिले जनाएको छ ।

You might also like