ईप्सा खेलकुद–२०७५ को रनिङ्ग शिल्ड उपाधी देवदह मदरटङ्गसलाई

0

देवदह – प्रदेश नम्बर ५ को प्रदेश सरकारले निजी, सहकारी र सरकारीको माध्यमबाट समृद्धिको अपेक्षा गरेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनु भएको छ । पुर्वी क्षेत्र निजी विद्यालय परिवार ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद सप्ताहको समापन गर्दै उहाले उक्त कुरा बताउनु भएको हो । मन्त्री बरालले निजी विद्यालयहरुले समाजमा पछाडि परेका समुदायका छोरा छोरीलाई पठन पाठन गराउनु पर्नेमा जोड दिनु भयो । शिक्षाको विकासको लागि निजी विद्यालय तथा विभिन्न संघसंस्था संग छलफल गरी प्रदेश सरकारले शिक्षा कानुन निर्माण गर्ने उहाले बताउनु भयो । सोही अवसरमा बोल्दै प्रदेश ५, का सांसद डा.कृष्णप्रसाद न्यौपानेले शिक्षाको विकासमा निजी क्षेत्रले पु¥याएको योगदानको राज्यले कदर गर्ने बताउनु भयो । उहाले शिक्षाको विकासले मात्र समृद्ध राष्ट्र निर्माण गर्न सकिने भएकोले सोही अनुसार प्रदेश सरकारले शिक्षा निती निर्माणमा रहेको बताउनु भयो । ईप्सा रुपन्देहीका अध्यक्ष बोधराज गौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन प्रदेश ५, का अध्यक्ष कृष्ण खनाल, प्याव्सन रुपन्देहीका अध्यक्ष लेखनाथ पौडेल लगायतले आ–आफना भनाई राख्नु भएको थियो । ईप्सा रुपन्देहीका उपाध्यक्ष एवं खेल संयोजक रामबहादुर गुरुङ्गको स्वागत र सचिव महेश पराजुलीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । पुर्वी क्षेत्र निजी विद्यालय परिवार ईप्सा रुपन्देहीद्धारा आयोजित ईप्सा खेलकुद सप्ताह–२०७५ को उपाधी देवदह मदरटङ्गस एकेडेमीले उचाल्न सफल भएको छ । देवदह मदरटङ्गस एकेडेमीले १ सय ६९ नम्वरका साथ ईप्सा उपाधी जित्न सफल भएको हो । देवदह मदरटङ्गस एकेडेमीले लगातार तेश्रो पटक उपाधी जित्न सफल भएको हो । प्रतियोगितामा १ सय ४७ नम्वरका साथ एशियन लाईट बोडिङ्ग स्कुल द्धितिय हुन सफल भएको छ भने, बुद्धत्रिवेणी बोडिङ्ग स्कुलले १ सय ३३ नम्वरका साथ तृतिय हुन सफल भएको छ । यसैगरीग्रिनप्लान्ट आवासीय माथि ११३, सेभेनस्टार बोडिङ्ग स्कुल ८७, नारायणी पव्लिक बोडिङ्ग ५६, बुद्धपव्लिक आवासीय स्कुल ६०, मदरल्याण्ड एकेडेमी १९, कोलियराज बोडिङ्ग स्कुल १३, सरस्वती बोडिङ्ग स्कुलले १५ नम्वर प्राप्त गर्न सफल भएको छ । यसैगरी छात्र भलिवल प्रतियोगितामा बुद्धपव्लिक आवासीय स्कुल प्रथम हुन सफल भएको छ । फाईनल खेलमा २८–२६, २५–१५, २५–२३ को सोझो सेटमा मदरल्याण एकेडेमीलाई हराउदै बुद्धपव्लिक प्रथम हुन सफल भएको हो । एशियनलाईट बोडिङ्ग स्कुल र सेभेनस्टार बोडिङ्ग स्कुल तृतिय भएको छ । छात्रा तर्फ भएको भलिवल प्रतियोगितामा बुद्धपव्लिक आवासीय स्कुल प्रथम भएको छ । फाईनल खेलमा २५–१४, २५–१४ को सोझो सेटमा मदरल्याण एकेडेमीलाई हराउदै बुद्धपव्लिक आवासीय स्कुल प्रथम हुन सफल भएको छ । सरस्वती बोडिङ्ग स्कुल र ग्रिनप्लान्ट आवासीय स्कुल तृतिय भएको इप्साले जनाएको छ ।

You might also like