पाल्हीनन्दनको प्रशासनिक भवनमा हेलिप्याड र लिफ्ट सुविधा पनि !

0

परासी – सीमावर्ती क्षेत्रको गाउँपालिका पाल्हीनन्दनले हेलिप्याड र लिफ्ट सुविधा सहितको सुबिधा सम्पन्न ८४ कोठे भवन निर्माण गरेको छ । एक बिघा क्षेत्रफलमा फैलिएको सो प्रशासनिक भवन देशैभरको गाउँपालिकाहरुको भवन मध्ये सबैभन्दा ठूलो रहेको गाउँपालिकाको दावी छ । ८ करोड ४७ लाख रुपैया लागतको भवन ५ तले रहेको र भैरहवाको प्राकृतिक निर्माण सेवाले ठेक्का लिएको भवन निर्माण कार्य अन्तिम चरणमा छ । ३ तला सम्म फिनिसिंङ भएको छ केही दिनमा दुई तलाको काम सकिने गाउपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दिपक) बताउछन् – रङरोगन सकिने बित्तिकै नयाँ भवन बाट कार्यालयको काम शुरु गरिन्छ ।
यही दशै तिहार चाडपर्वकै बेला भवनमा सर्ने कार्यक्रम अनुसार काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश कोहारले जनाए ।
भवनमा जसमा कार्यक्रम हलदेखि बैठक कक्ष पदाधिकारीहरुका कार्यकक्ष र लिफ्ट पनि जडान भइरहेको छ ।
त्यति मात्र होइन भवनमा हेलिप्याड छ भने अर्काे तर्फ दृश्यावलोकनका लागि भ्यू टावर बनाइने कार्य भइरहेको अध्यक्ष गुप्ताले जानकारी दिए ।  गेटबाट भित्र पानीको फोहोरा सहितको वाटर फाउन्टेन र पार्किङ्कको स्थल को ब्यवस्था छ । चारैतर्फ कम्पाउड सहितको भवनमा बिभिन्न प्रजातिका फूलहरु रोप्ने योजना समेत रहेको ओभरसियर बेचन प्रजापतिले जानकारी दिए । प्रशासनिक भवन पालिकाको गौरवको योजना हो । पाल्हीनन्दन गाउपालिकाको केन्द्र बेलाशपुर रहेको छ । जुन सदरमुकाम परासी भन्दा दक्षिणतर्फ पर्दछ ।

You might also like