पश्चिम नवलपरासीमा नियमित खोप संचालनमा ल्याइयो

१० वटा रोग बिरुद्धका ११ वटै खोप संचालन

0

नवलपरासी – पश्चिम नवलपरासीमा बालबालिकालाई लगाईदैं आएको नियमित खोप संचालन गर्न थालिएको छ । कोरोना भाइरस बिरुद्ध भएको लकडाउनले अनियमित बनाएको खोपलाई सामाजिक दुरी र सचेतना कायम राख्दैं संचालन गर्न थालिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमका प्रमुख गौरब ढकालका अनुसार दुई वटा तालिकामा संचालन हुने खोप कार्यक्रमलाई पूर्वनिर्धारित तालिम बमोजिम संचालन गर्न थालिएको छ । उहाँले सोही बमोजिम ७,१४,२१ र २८ गते संचालन गरिदैं आएको खोपका कार्यक्रमहरु नियमित भएका छन् । स्थानीय तहमा रहेका खोप केन्द्रहरुबाट १० वटा रोग बिरुद्धका ११ वटै खोप संचालन गर्ने कार्यक्रम अनुसार कार्य थालिएको उहाँले बताउनुभयो ।

त्यस्तै बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले सरकारले खोप संचलन गर्ने निर्णय गरेसंगै खोप केन्द्रका तालिका अनुसार संचालन गर्न शुरु गरिसकिएको बताउनुभयो ।
खोपले बालबालिकामा बाट रोग संग लडने क्षमता बृद्धि भएको तथ्याँक सार्वजनिक भएसंगै लकडाउनकै बेला सचेतना अपनाएर खोप संचालन गर्न सरकारले निर्देशन गरेको थियो ।

You might also like