सडकमा जाने नेताहरुकै कारण संसद बिघटन : मुख्यमन्त्री पोखरेल

0

नवलपरासी २५ पुष – मुख्यमन्त्री शंकर पोखरेलले प्रतिनिधिसभा आफ्नै कारणले बिघटनको अवस्थामा पुगेको दावी गर्नुभएको छ ।
सरकारले ल्याएको बिजनेशलाई सभामुखले अवरोध पु¥याउने अवस्था भयो– ओली समुहका स्थायी समिति सदस्य समेत पोखरेलले भन्नुभयो – यो प्रतिनिधिसभा आफ्नै कारणले बिघटन हुने अवस्थामा पुग्या हो । कसैको कारणले होइन । सडकमा जाने नेताहरुको कारण हो ।


नेकपा (ओली समुह) ले सुनवलस्थित बनकट्टीमा आयोजना गरेको अगुवा कार्यक्रम भेलामा बोल्दै पोखरेलले पार्टीमा मुख्य दुईवटा समस्याका कारण पार्टी फुटेको बताउनुभयो । संसदीय दलमा प्रचण्ड र माधवका तर्फबाट दुई वटा खतरनाक काम भयो – उहाँले जिकिर गर्नुभयो – एक राष्ट्रपति कार्यालयमा बिशेष अधिबेशनको माग गर्दै निवेदन दर्ता गर्न जानुभयो । दुई महाअभियोगको तयारी गर्नुभयो ।
प्रचण्ड–माधवले अध्यारो कोठामा बसेर षडयन्त्र गरेकोले वर्तमान अवस्था आएको उहाँले बताउनुभयो । प्रधानमन्त्रीलाई जसरी पनि हटाइहाल्ने , अध्यक्षबाट जसरी पनि हटाइहाल्ने र जसरी पनि छोडाइहाल्ने अवस्थामा हुनुहदो रैछ –पोखरेलले भन्न्नुभयो ।

तस्विर -रामप्रसाद पौडेल
प्रचण्डले लगाएको संगीन आरोपहरु फिर्ता लिएर पार्टी एकता जोगाउन आफूहरु लागेपनि केही नलागेको उहाँले बताउनुभयो । माधव नेपालको ढाडमा टेकेर केपी शर्मा ओलीको टाउकोमा हान्ने प्रचण्डका कारण संसद बिघटन भएको उहाँले उल्लेख गर्नुभयो । अझैपनि हामीले कारवाही गरिसकेका छैनौ – प्रचण्ड प्रति ईगित गर्दै उहाँले भन्नुभयो – एकताका लागि अझै पनि तयार हुनुस । चुनावका लागि तयार हुनुस ।
कार्यक्रममा प्रदेश सरकारका प्रबक्ता समेत रहेका भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरीले प्रधानमन्त्रीले बाध्यात्मक स्थितिबाट संसद बिघटन गरेको बताउनुभयो । कार्यक्रममा ओली समुहका केन्द्रीय सदस्य एंव जिल्लास्तरका नेता कार्यकर्ता , प्रदेश सांसद तथा स्थानीय तहका जनप्रतिनिधि सहभागी छन् ।

You might also like