यात्रुबहाक बसमा प्याजको अबैध धन्दा

0

बर्दघाट – पश्चिम नवलपरासीको बर्दघाटबाट यात्रुवहाक बस प्रयोग गरीमा अबैध रुपमा प्याज तस्करी भएको छ । दिनभर शिवकोलोनी नजिकैको पुलबाट भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ल्याएर यात्रुवहाक बसमा ढुवानी गरी प्याज तस्करी भएको हो ।
दिनभर प्रति बस ८ देखि १० बोराका दरले प्याज तस्करी भयो – नाम बताउने शर्तमा एक स्थानीयले भने –तर प्रहरीले भने चालै नपाए जस्तै ग¥यो । दिनभरमा करिब सय बोरा बढि प्याज तस्करी भएको प्रत्यक्षदर्शीले जानकारी दिए । भारतीय नम्बर प्लेटका मोटरसाईकलबाट ल्याईएका बोराका बोरा प्याज पश्चिमबाट पूर्वतर्फ जाने बसमा पठाइएको थियो । प्रहरीकै सेटिङमा प्याज तस्करी भएको स्थानीयको आरोप छ ।
ईलाका प्रहरी कार्यालय बर्दघाटमा प्रमुख तथा प्रहरी निरिक्षक हिमबहादुर केसीले आफू अहिले गोपीगंजक्षेत्रमा रहेको र भोलिबाट त्यसो नहुने बताए । भोलिबाट त्यसो हुदैन है सर – उहाँले मोबाइलमा भन्नुभयो । यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले प्रहरी संग बुझ्ेर मात्र प्रतिक्रिया दिने बताउनुभयो । बर्दघाटपोष्ट दैनिकले मुख्य खबरका रुपमा छापेको छ ।

You might also like