आज ८ सयले बढ्यो सुनको भाउ

0

साउन ३०, २०७७ काठमाडौं :

सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको छ।  अस्ति घटेर हिजादेखि बढ्न सुरु भएको सुनको मूल्य आज तोलाको ९८ हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  चाँदीको मूल्य पनि आज बढेको छ।

६५ रुपैयाँले बढेर आज चाँदी प्रतितोला १३ सय ५५ पुगेको छ। कोरोना भाइरसको महामारीका कारण सुन र चाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ। मूल्य लगातार बढेपछि कारोबार भने ठप्प जस्तै छ।

You might also like