सामाजिक न्याय सहितको समृद्धि–मन्त्री चौधरी

खोखरपुरामा सडकको उद्घाटन

0

बासा – पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ खोखरपुरामा कालोपत्रे सडकको एक कार्यक्रम बीच मंगलवार उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले प्रदेश ५ को प्रदेश सरकारले सामाजिक न्याय सहितको समृद्धि चाहेको भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताउनुभयो ।
उहाँले प्रदेश सरकारको पहिलो मन्त्रीमंडलको बैठकवाट नै प्रदेश सरकारमा मुख्य मन्त्री शंकर पोखरेलले सोही अनुसार आफुहरुलाई मातहतका मन्त्रालयका कार्यसम्पादनमा लाग्न निर्देशन गरेको दावी गर्नुभयो । त्यसैगरी उहाँले आदिवासी जनजाती, पिछडा वर्ग, मुस्लिम, मुसहर, अल्पसंख्यक लगायतको बाहुल्यता रहेको यस क्षेत्रको विकासका लागि पहिलो प्राथमिक्ता दिएर बजेट विनियोजन गर्ने प्रदेश सरकारको निति रहेको बताउदै सोही निति अनुसार आफुले सरावलको अत्रहट्टी, सूुर्यपुरा, तथा तुलसीनगर खोखरपुरा सडकको पनि वजेट विनियोजन गरेको र यी सडकहरुको लागि कसैले पनि वजेट माग्न नआएको जिकिर गर्नुभयो ।
सो अवसरमा विशिष्ट अतिथिको रुपमा बोल्दै प्रदेश नबर ५ की प्रदेश सांसद भगवती भण्डारीले अत्रहट्टी, सूुर्यपुरा, तथा तुलसीनगर खोखरपुरा सडकलाई सरावल गाउँपालिकाको पहुचंमार्गका रुपमा विकास गर्नेगरी अघि बढाइएको धारणा राख्नुभयो ।
कार्यक्रममा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा, सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी, सरावल गाउपालिकाकी उपाध्यक्ष उत्तमा राय, नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी लगायतले बोल्नुभएको थियो ।
सरावल गाऊपालिका र बर्दघाट नगरालिकालाई समेत जोडनेगरी निर्माण सम्पन्न भएको अत्रहट्टी, सूुर्यपुरा तथा तुलसीनगर खोखरपुरा सडक २०७६ बैशाख १० गते सम्पन्न भएको सो निर्माणको जिम्मा नविन कन्ट्रक्सन प्रा.लि.ले लिएको थियो । २. ८ किलोमिटरको सो सडकखण्ड ३ करोड १३ लाखको लागतमा र २ किलोमिटर अर्को सडकखण्ड २ करोडको लागतमा निर्माण सम्पन्न भएको बताईएको छ ।
एद्घाटन समारोह सरावल गाऊपालिका वडा नं. २ का वडाध्यक्ष शम्भु प्रसाद चौधरीको अध्यक्षतामा भएको थियो ।

You might also like