पश्चिम नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत

0

उमेश बि.क
नवलपरासी : पश्चिम नवलपरासीको मंगलापुरमा ४ वर्षीय बालिका बलात्कृत भएकी छन् । सरावल गाउँपालिका वडा नं.४ मंगलापुर निवासी ४ वर्षीय बालिकालाई वडा नं.४ ललितपुरका २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छोटेलाल यादवले बताउनु भएको हो।
बालिकाको आमाको अनुसार आफु नुहाइरहेको समयमा आइतवार करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेको बेला मिठाईको प्रलोभन देखाएर सहानीले बलात्कार गरेको बताएकी छिन्।
बालिका रुनसाथ सो स्थानसम्म आमा पुग्दा सहानी घरबाट फरार भइसकेका हुन। छोरी रोइरहेको अवस्थामा फकाउदा फुलाउदा नमानेपछि लिंग तिर बालिका इसारा गरेर रुदा आफुले हेर्दा पेट डम्म फुलेको तथा रगत बगिरहेको देखेपछि मंगलापुर स्वास्थ्य चौकी उपचारका लागि लगेका हुन ।
स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले बालिकाको अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ ।
सो घट्नाबारे वडा अध्यक्ष छोटेलाल यादव थाहा पाउनसाथ गोबरहिया प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयलाई खबर गरेका हुन ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गोबरहिया र जिल्ला प्रहरी टोलि मंगलापुर पुगेका हुन ।
घटनामा संलग्न युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको गोबरहिया प्रहरीचौकी इन्चार्ज तिलक रामाझीले जानकारी दिनुभयो ।

You might also like