नेपाल काँग्रेसको प्रर्दशन

0

नवलपरासी – नेपाली काङ्ग्रेसको केन्द्रिय परिपत्र अनुरुप पश्चिम नवलपरासीको दुई वटै क्षेत्रका दुईवटा पालिकामा प्रर्दशन गरेको छ । प्रतिनिधिसभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ ले प्रतापपुरको गोपीगन्ज र क्षेत्र २ ले रामग्राम नगरस्थित परासीमा प्रर्दशन गरेको प्रतिनिधि सभा क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति तथा रामग्राम नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिनुभयो । परासीमा काँग्रेसको पार्टी कार्यालय बाट सुरु भएको विरोध ¥याली परासी बजार परिक्रमा गर्दे वुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दे काँग्रेसका केन्द्रिय सदस्य देवेन्द्रराज कण्डेंलले प्रधानमन्त्री ओलीका कारण मुलुक अप्ठ्यारोमा परेको बताउदै संसद पुर्नस्थापना गर्नुपर्नेमा जोड दिनुभयो । विरोध सभालाई प्रदेश सभा सदस्य वैजनाथ जयसवाल, जिल्ला सभापति विष्णु पौडेल, महासमिति सदस्य राधेश्याम चौधरी, रुद्रकुमारी कण्डेल, ओम पुन, अमृत सिंह जिसी लगायतले सम्बोधन गरेको माधव प्रसाद पाण्डेले जानकारी दिनुभयो । गोपीगंजमा भएको कोण सभालाई सम्बोधन गर्दै नेता देवकरण कलवारले कम्युनिस्ट सरकार लोकतन्त्रको पक्षधर नरहेको बताउनुभयो । बिरोध सभालाई सम्बोधन गर्दै संविधान सभा सदस्य बिक्रम खनालले थुप्रै बैकल्पिक ब्यवस्थाहरु रहदा रहदै सर्वसत्ताबादी ओलीले बिना अर्थ संसद विघटन गरेर लोकतन्त्र नै मास्न खोजेको बताउनुभयो । कार्यक्रममा नेपाली प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सभापति मुकुल आचार्य नेपाली काङ्ग्रेस बर्दघाट नगर सभापति शम्भुलाल श्रेष्ठ, महिला संघ अध्यक्ष कमला पराजुली, युवा नेता उमेश चन्द्र यादव लगायतले संसद पुनःस्थापना नहुन्जेल चरणबद्ध रुपमा आन्दोलन जारी रहने दावी गर्नुभएको थियो ।

You might also like