किनमेल घटेसँगै घट्यो केरा व्यापार पनि (तस्बिरहरु)
अशोज ३०, २०७७ /काठमाडाैँ
– कोरोना महामारीका काण यस वर्ष दसैँको माहोल पहिले जस्तो छैन। न बसपार्कमा घर फर्केनहरुको लर्को देखिएको छ न त बजारमा दसैँका लागि किनमेल गर्नेहरुको भिड नै।
कोरोना महामारीले व्यापार रित्तो जस्तै भएपछि व्यापारीहरु निराश छन्। चाडपर्वका बेला सबैभन्दा धेरै खपत हुने फलफुल व्यापारीहरुमा पनि उत्साह छैन।
दसैँ र तिहारका लागि भनेर उत्पादन गरिएका फलफुल तयार भएका छन्। तर किसान तथा व्यापारीहरुमा फलफुल बिक्री नहुने चिन्ता छ।
चाडपर्वमा सबैभन्दा धेरै बिक्री हुने फलफुल मध्ये केरा पनि एक हो । दसैँका लागि भनेर काठमाडौँको कुलेश्वर फलफुल बजारमा केरा भण्डारण थालिएको छ। तर दैनिक रुपमा केराको व्यापार घट्न थालेपछि किसानहरुमा चिन्ता बढेको हो ।
देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले कैद गरेका केही तस्बिरहरु