अनुभव आदान प्रदान गर्न अवलोकन कार्यक्रम
पुष्पा गिरी/लक्ष्मी घिमिरे बर्दघाट –
पश्चिम नवलपरासीका स्थानीय तहका उपप्रमुख एंव उपाध्यक्षहरुले न्याय सम्पादन गतिबिधिका बारे अनुभव आदान प्रदान गर्न अवलोकन भम्रण गरेका छन् । सुस्ता गाउपालिकामा न्याय सम्पादनको क्षेत्रमा भएका कार्य तथा नागरिकहरुको अवस्थाबारे जानकारी लिन अवलोकन तथा अनुभव आदान प्रदान कार्यक्रम भएको हो । सातैवटा पालिकामा भएका न्यायिक कार्य एंव इजलाशहरुको बारे जानकारी आदान प्रदान गर्ने उद्धेश्यले कार्यक्रम गरिएको रामग्राम नगरपालिकाकी उपप्रमुख रम्भा कुवंरले जानकारी दिनुभयो । अवलोकन भम्रणले नयाँ बिषयबस्तुबारे ज्ञान प्राप्त हुने भएकोले कार्यक्रमलाई निरन्तरता दिइने बर्दघाट नगरपालिका उपप्रमुख मायादेवी पौडेलले बताउनुभयो । टोलीले बर्दघाट प्रतापपुर र सुस्ताका इजालाश तथा कार्यालय ब्यवस्थापनको अवस्थाबारे जानकारी लिएको जनाएको थियो । यो उपप्रमुख तथा उपाध्यक्षहरुको दोस्रो बैठक समेत रहेको र आगामी महिना सरावल पालिकाकी उपप्रमुख उत्तमा रायको समन्वयमा अवलोकन कार्यक्रम हुने कुंवरले बताउनुभयो । कार्यक्रममा सुस्ता गाउपालिकाकी उपाध्यक्ष ईन्द्र कुमारी थरुनीले सुस्ताको न्यायिक समितिले गरेका कार्य एंव इजलाशबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा पाल्हीनन्दान गाउपालिका उपाध्यक्ष पाबित्री कोहार प्रतापपुर गाउपालिका कार्यबहाक अध्यक्ष अन्जुकुमारी चौधरीसहित ६ वटा पालिकाबाट प्रतिनिधित्व रहेको थियो । कार्यक्रम बर्दघाट नगर उपप्रमुख मायादेवी पौडेलको अध्यक्षतमा भएको थियो ।