एकता विरोधीहरुलाई निस्तेज पार्दै क्राकपाको तिलोत्तमा नगर अधिबेशन सम्पन्न

0

बुटबल – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रुपन्देही अन्तरगत तिलोत्तमा नगरपालिकाको एकता अधिबेशन सम्पन्न भएको छ ।
जुझारु अर्थवादी, सांगठनिक अराजकतावादी र क्रान्तिकारी एकता विरोधीहरुलाई निस्तेज पार्दै क्राकपाले भब्य रुपमा नगर अधिबेशन गरेको हो ।
एकता अधिबेशनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रमोद, विशेष अतिथि सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज तिलक, अतिथिरु केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक रमेश, केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सहसंयोजक मणि,प्रदेश सदस्य तथा पाल्पा जिल्ला संयोजक दिग्दर्शन,केन्द्रीय सल्लाहकार सदस्य संन्जीव कुमार, प्रदेश समिति सदस्य तथा वुटवल उपमहानगर ईन्चार्ज बिक्रम,अखिल(क्रान्तिकारी) प्रदेश सहसंयोजक मनोज थापा,युवाका केन्द्रीय सदस्य दर्शन लगायतको उपस्थिति थियोे । कार्यक्रमको अध्यक्षता बिमाले गर्नु भएको थियो भने अधिबेशन १५ सदस्यीय नगर कमिटी निर्माण गरेको छ ।

You might also like