ब्यवस्था परिर्वतन नभए सम्म जनताको अवस्था परिर्वतन हुदैन : चलाउने

0

नवलपरासी – क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा जनमुक्ति सेनाका पूर्व डिभिजन सहकमाण्डर उदय बहादुर चलाउने (दीपक)ले देशको ब्यवस्था परिर्वतन नभए सम्म जनताको अवस्था परिर्वतन नहुने बताउनुभएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पाटीं, नेपाल नवलपरासीले बर्दघाट प्रेस कल्बको कार्यालयमा विहीवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँको राजनीतिक परिर्वतन भएपनि सत्ता परिर्वतन नभएको औल्याउनुभयो ।
देशमा पटक पटक राजनीतिक परिर्वतन त भएकै हो – पत्रकारको जिज्ञाशाको उत्तर दिदै चलाउनेले भन्नुभयो – तर राज्य सत्ता उही पुरानै छ । कार्यपालिका ब्यवस्थापिका, न्यायपालिका , कर्मचारी तन्त्र, सुरक्षा अंग उही नै छ ।
उहाँले संसदीय ब्यवस्था दलाल भइसकको हुदाँ त्यसलाई नपल्टाउदाँ सम्म जनताको अवस्था परिर्वतन नहुने बताउनुभयो । नेता चलाउनेले जनगणतन्त्र हुदै बैज्ञानिक समाजवादका लागि संर्घषको आवश्यकता रहेको औल्याउनुभयो ।
फरक प्रसंगमा उहाँले नीतिगत भष्ट्रचारी, कमिशनखोर, शैक्षिक तथा भुमाफिया माफियालगायतलाई पार्टीले कारवाही गर्ने अभियान अन्तरगत नवलपरासीमा केही शुरुवात भइसकेको समेत जानकारी गराउनुभयो । यसैबीच क्रान्तिकारी कम्युनिस्ट पाटीं, नेपाल नवलपरासीले अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश संयोजक प्रेम सुबेदीले प्रशिक्षणात्मक मन्तब्य राख्नुभएको थियो ।

You might also like