चोरी घटना बृद्धि भएपछि सरोकारवालाले बनाए नियम

0

बर्दघाट – पश्चिम नवलपरासीस्थित बर्दघाट–१६ का स्थानीयले गाउँमा चोरीका घटना हुन थालेपछि अपराध न्युनीकरण गर्न ‘आफ्नै नियम’ बनाएका छन् ।
बिगत तीनचार दिनदेखि नियमित रुपमा रातमा चोरी डकैती लुटपाट र आगजनी भएपछि बर्दघाट– १६ का सरोकारवालाले वडाध्यक्ष सुक बहादुर गुरुंगको आब्हानमा विहीवार भएको सरोकारवालाहरुबीचको भेला तथा अन्तरक्रियाबाट शान्ति सुरक्षा कायम गर्नका लागि गाउमै नियम बनाएको स्थानीयवासी इन्द्र गुरुंगले बताउनुभयो ।
वडाभित्र किसानहरुको टौवा जलाउनेदेखि साना तथा ठूला चोरी हुन थालेपछि टोल विकास संस्था , क्लब एंव संघसंस्थाका प्रतिनिधि र जनपद प्रहरीसमेत बसेर गाउमा भएका घटनाहरुको श्रृखला हेर्दै ५ बुदे नियम बनाएको उहाँको भनाई छ ।
गाउँमा सवारीसाधनको ईन्धनको चोरीदेखि ४ वटा परालका टौवामा आगजनी भएका छन् । घटना न्युनीकरणका लागि वडावासीले नियम बनाएको उहाँले जानकारी दिनुभयो ।
स्थानीयले दशैलगतै गाउँमा घटना तथा अपराध बृद्धि भएको गुनासो गरेपछि ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुखसहितको भेलाबाट नियम बनाइएको वडाध्यक्ष सुकबहादुर गुरुंगले बताउनुभयो । चाडवाडका बेला हुन सक्ने घटना रोक्न सबै सरोकारवालाबीच सौहार्दपूर्ण रुपमा छलफल गरी नियम बनाइएको उहाँले जानकारी दिनुभयो ।।
वडामा बनेको नियम अनुसार बेलुकी ९ बजे सम्म अत्याबश्यक एंव स्वास्थ्य संस्था बाहेक सबै ब्यवसाय अनिवार्य बन्द गर्नुपर्ने छ । त्यस्तै वडाका कुनै पनि ठाउमा दुई जना भन्दा बढी भेला हुन पाइने छैन । हरेक टोलटोलमा टोल सुधार समिति र युवा क्लवका प्रतिनिधिले टोलमा हुन सक्ने सम्भाब्य घटना बारे गोप्य अनुगगन गर्नुपर्नेछ । कुनैपनि परम्परागत सामाजिक या सांस्कृतिक कार्यक्रम गर्नुपर्ने भएमा अनिबार्य रुपमा वडा कार्यालयको पूर्व स्विकृति लिनुपर्ने छ । वडा कार्यालय भवन आसपास र वडा भित्र शंंकास्पद जमघट गर्न नपाउने र यसको नियमित गस्ती ईलाका प्रहरी कार्यालय सेमरीले गर्ने र त्यस कार्यमा सबै स्थानीय वासिन्दाले सहयोग पु¥याउनुपर्नेछ ।

सुस्ता गाउपालिकासंग जोडिएको बर्दघाट वडा नम्बर १६ साविक दाउन्नेदेवी गाविस अन्तरगत पर्दछ । यहाँ प्रहरी चौकीको समेत आवश्यकता परेको स्थानीयको भनाई छ । यसपटक सरोकारवालाको बैठकले वडामै नियम बनाऔ– वडाध्यक्ष गुरुंग भन्नुहुन्छ – अब पनि भएन भने प्रहरी चौकी स्थापना गर्ने स्थानीयको माग छ । सोही अनुसार पहल गर्छाै ।

You might also like