अखिल (क्रान्तिकारी) नवलपरासीले संघीय शिक्षा बिद्येयक–२०८० जलायो

0

नवलपरासी – संघीय शिक्षा बिद्येयक–२०८० शैक्षिक ब्यापारी र माफियाहरुलाई पोस्ने गरेर ल्याइएको भन्दै जलाइएको छ ।
मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पाटी,नेपाल निकट अखिल (क्रान्तिकारी) नवलपरासीले बर्दघाटको मुख्यचोकमा बिद्येयक जलाएको हो ।
मंगलवार क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटाको नेतृत्वमा संघीय शिक्षा बिद्येयक–२०८० जलाएर बिरोध प्रर्दशन गरिएको थियो ।
सो कोणसभामा बोल्दै केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सापकोटाले संघीय शिक्षा बिद्येयक–२०८० मा शिक्षामा झन् बिभेद गर्ने प्राबधानहरु रहेको उल्लेख गर्नुभयो ।
उहाँले प्रस्तावित बिद्येयक पश्चगामी तथा जनविरोधी रहेकोले यसलाई खारेजी गरेर सार्वजनिक शिक्षालाई निशुल्क, सर्बसुलभ एंव अनिवार्य बनाउने खालको बिद्येयक आवश्यक रहेको चर्चा गर्नुभयो ।
फरक प्रसंगमा संयोजक सापकोटाले सामुदायिक बिद्यालयलाई ध्वस्त पार्नमा लागि बर्दघाट नगरमा पनि चलखेल रहेको चर्चा गर्दै त्यस्ता हर्कतहरुका बिरुद्ध अखिल क्रान्तिकारीले आन्दोलन छेड्दै आएको स्मरण गराउनुभयो ।
कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय सदस्य तथा जिल्ला कार्यालयका सदस्य सुवास शर्मा, जिल्ला कार्यालय सदस्य प्रदीप तिवारी जिल्ला सदस्य आनन्द ढकाललगायतले प्रर्दशनमा सहभागी हुनुभएको थियो ।
मौसम प्रतिकुलताका बीचमा भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पाटीका जिल्ला संयोजक रवि पाण्डेय, सहसंयोजक गणेश बहादुर ढकाल , बर्दघाट नगर संयोजक ज्ञानबहादुर के.सीलगायतको सहभागिता रहेको थियो । कार्यक्रम अगाडि बर्दघाट चोकमा प्रहरी परिचालन गरिएको थियो ।

You might also like