हाटबजार संचालन गर्न पाउनु पर्ने ब्यवसायीको माग

0
बर्दघाट १८ असोज : साप्ताहिक हाटबजार ब्यवसायी संघ नवलपरासीले हाटबजार संचालन गर्ने वातावरण बनाइदिन बर्दघाट नगरपालिका संग माग गरेको छ । संघका जिल्ला अध्यक्ष शेष मलिक दिनले स्वास्थ्य मापदण्ड पालना गरेर हाट बजार संचालनको अनुमती दिन नगरपालिकालाई पत्राचार गर्दै माग गर्नु भएको हो । पत्रमा सम्पुर्ण बजार खुकुलो भएको अवस्थामा हाटबजार पनि सन्चालन गर्न पाउनु पर्ने उल्लेख छ ।
You might also like