सुनसरीकाे धरान–१५ पुष्पलाल मार्गकी सुनिता केसी मृत अवस्थामा फेला परेकी छन् । विभिन्न सङ्घसंस्थामा आवद्ध रहेकी केसी घरमै भेटिएकी हुन् ।
मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । पेट्रोलियम डिलर एसोसिएसनकी केन्द्रीय सदस्यसमेत रहेकी केसी घरको पङ्खामा झु’न्डि’ एको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनी घरको काेठा झु’ ‘न्डि ‘एको अवस्थामा फेला परेको बताइएको छ । केसी नेपाल पत्रकार महासङ्घ सुनसरीकी साधारण सदस्य, महिला सञ्जाल धरान नगरकी सदस्य समेत हुन् । यसका साथै उनी विभिन्न सङ्घसंस्थामा आवद्ध थिइन् ।
धरानस्थित इलाका प्रहरी कार्यालयमा निर्माणाधीन हिरासत भवनको अध्यक्ष समेत रहेको उनलाई चिन्नेहरू बताउँछन् । त्यस्तै आसरा सुधार केन्द्रकी सदस्य पनि हुन् ।
मृत्युको कारण आर्थिक जोडिएको हुन सक्ने जानकारहरू बताउँछन् । धरानका समाजसेवी महेश्वर राईकी पत्नी हुन् । प्रहरीका अनुसार घटनास्थल छानबिन गरिरहेको जनाएको छ ।kalikapati