दार्चुलामा खोलाले बगाएकी बालिका मृत फेला
दार्चुलाको कल्चौड्या खोलामा आज बिहान बगेर बेपत्ता भएकी बालिका दिउँसो मृत फेला परेकी छन्।
महाकाली नगरपालिका–२ स्थित कल्चौड्या खोलाले बगाउँदा बेपत्ता भएकी बालिका मृत अवस्थामा फेला परेकी हुन्।
मंगलबार बिहान घाँस काटेर घर फर्कने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी महाकाली नगरपालिका–३ की १२ वर्षीया कविता बडालको शव बगेको ठाउँबाट करिब एक किलोमिटर तल फेला परेकी प्रहरीले जनाएको छ।
बेपत्ता बालिकासँगै रहेकी उनकी काकी अन्दाजी ३३ वर्षीया नन्दा बडाललाई स्थानीयले उद्धार गरी अस्पताल पुगाएका थिए। उनको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताए। deshsanchar