कान्तिपुरकर्मी न्यौपानेलाई तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार

0

काठमाडौँ — यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी कुलचन्द्र न्यौपाने पुरस्कृत भएका छन् ।

रिपोर्टस क्लब नेपालले आफ्नो २४ औं वार्षिकोत्सवको अवसरमा यस वर्षको तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी न्यौपानेलाई प्रदान गरेको हो । सो पुरस्कारको राशि ५० हजार रुपैयाँ रहेको छ ।
सोही अवसरमा कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल र तेजेन्द्र– सुन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कारबाट कारोबार दैनिकका सम्पादक कुवेर चालिसेलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि १–१ लाख रुपैयाँ छ ।

पुरस्कृत सबैलाई प्रधानमन्त्री शेरबहादुर देउवाले एक समारोहबीच पुरस्कार हस्तान्तरण गरेका छन् ।   kantipurnews

You might also like