नवलपरासीमा भारतीय ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु

0

१७ चैत, काठमाडौं। नवलपरासी बर्दघाट-सुस्तापूर्वको गैँडाकोटमा भारतीय ट्रकको ठक्करबाट बिहीबार बिहान एक साइकलयात्रीको मृत्यु भएको छ ।

गैँडाकोट–८ स्थित नगरपालिका कार्यालय अगाडि युपी ९३ बीटी ४७५७ नं‍. को भारतीय ट्रकको ठक्करबाट घाइते पहिचान नखुलेका करिब ५२ वर्षीय साइकलयात्रीको चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गैँडाकोटस्थित इलाका प्रहरी कार्यालयका प्रमुख लक्ष्मी पाण्डे खनालले जानकारी दिए ।

ठक्कर दिने भारतीय ट्रकसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको उनले जानकारी दिए ।  onlinekhabar

You might also like