रुपन्देहीकी तेरिया सापकोटा आई. टी. एफ.तेक्वान्दो च्याम्पियसीपमा तेस्रो

'लुम्बिनी प्रदेशको नाम उच्च राख्न सफल'

0

नवलपरासी- रुपन्देहीकी तेरिया सापकोटा जिपी कोइराला स्मृति प्रोफेसनल आई. टी. एफ. तेक्वान्दो च्याम्पियसीपमा तेस्रो हुनुभएको छ ।
उहाँले खानेपानी मन्त्री उमाकान्त चौधरीकोहातबाट २ सय अमेरिकी डलर सहितको पुरस्कार प्राप्त गरेको आइटिएफ तेक्वान्दो लुम्बिनी प्रदेश संयोजक रितमान कामु मगरले जानकारी दिनुभयो । लुम्बिनी प्रदेशले सात प्रदेश र दुई विभागीय टीम नेपाल आर्मी र नेपाल एपीएफ पुलिस लाई पाछि पार्दै लुम्बिनी प्रदेशको नाम उच्च राख्न सफल भएको उहाँले बताउनुभयो ।

You might also like