फलफूलका बेर्ना वितरण

0

नवलपरासी – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ४ ले वडाका ३ वटा टोलमा फलफूलका बिरुवा बितरण गरेको छ ।

२१ वटा टोल रहेको वडामा ३ वटा टोलबाट यो अभियान शुरु गरिएको र आगामी बर्षमा अन्य टोलमा समेत कार्यक्रम गरिने वडाध्यक्ष रविन्द्रबिक्रम हमालले बताउनुभयो । आँप, लिची र कागतीका १ हजार १ सय बढी उन्नत बेर्ना वितरण गरिएको वडा कार्यालयले जनाएको छ । नगरलाई हरियाली बनाउने उदेश्यले आर्दशनगर , उपहारनगर र नवदुर्गा टोलमा बेर्ना वितरण गरिएको थियो ।

You might also like