बुटवलमा हिमालय टेलिभिजनको प्रदेश कार्यालय

0

बुटवल । बुटवलमा हिमालय टेलिभिजनको प्रदेश कार्यालयको स्थापना गरिएको छ । टेलिभिजनले ७७ जिल्लामा संवाददाता , ७ प्रदेशमा प्रदेश कार्यालय स्थापना गर्ने क्रममा बुटवलको होराईजन चोकमा प्रदेश कार्यालयको स्थापना गरिएको हो । सोही अवसरमा टेलिभिजनका लुम्बिनी प्रदेशका संवाददाताहरुको प्रशिक्षण कार्यक्रम समेत गरिएको छ ।

प्रदेश कार्यालय बुटवलमा जिल्लाका संवाददाताहरुको सहभागितामा टेलिभिजनका प्रधान सम्पादक राजेन्द्र बाँनियाको उपस्थितिमा कार्यक्रमको आयोजना गरिएको हो । प्रधान सम्पादक बाँनियाले ७५३ स्थानीय तहलाई समेट्ने गरि हिमालय टेलिभिजनले समाचार सम्प्रेशण गर्ने बताउनु भयो ।

यसको लागि ७ प्रदेशमा ब्युरो तथा प्रदेश कार्यालयको स्थापना गर्दै ७७ जिल्लामा संवाददाताहरुलाई नियुक्त गरिएको जानकारी दिनुभयो ।

उँहाले हरेक गाउँ, हरेक ठाउँका घटनाहरु हिमालय टेलिभिजनबाट मात्र जानकारी पाउन सकिने सावित हुने दाबी गर्नु भयो । लुम्बिनी प्रदेशको बुटवल र नेपालगञ्जमा टेलिभिजनको कार्यालय रहने बाँनियाले बताउनु भयो ।

टेलिभिजनका जिल्ला डेक्स प्रमुख शिव लामिछानले टेलिभिजन पत्रकारिताका शैद्धान्तिक तथा ब्यवहारिक कुराको जानकारी दिनुभएको थियो ।

लुम्बिनी प्रदेशका ब्युरो प्रमुख कृष्ण अधिकारीले समाचार संकलन र टेलिभिजन पत्रकारिताको बारेमा ब्याख्या गर्नुभयो । यस्तै सोही अवसरमा लुम्बिनी प्रदेश कार्यालयका सहायक ब्युरो प्रमुख ललित पाण्डेयलाई ल्यापटप तथा जिल्ला संवाददाताहरुलाई प्रधान सम्पादक बाँनियाले बुम माईक प्रदान गर्नुभयो ।butwalonline

You might also like