बर्दघाट खानेपानी प्रशोधन केन्द्र पुग्न बाटो निर्माण
बर्दघाट खानेपानी प्रशोधन केन्द्र पुग्न बाटो निर्माण
दैनिक रुपमा खानेपानी प्राविधिक पुग्नु पर्ने पानी प्रशोधन टँकी र अन्य सँरचना भएको क्षेत्रलाई सुरक्षित राख्न र आवतजावत गर्नको लागि नवनिर्मित बाटोले ठूलो सहयोग पु¥याएको सँस्थाका अध्यक्ष धातानन्द बश्यालले बताउनुभयो । कार्यक्रममा वडा सदस्य गौमाया पराजुली आर सी, सल्लाहकार कमान सिँह थापा, सिद्धि विलास हमाल, पारिजात सामुदायिक वनका अध्यक्ष चुडामणी भण्डारी, बर्दघाट उद्योग वाणिज्य सँघका अध्यक्ष लेखनाथ न्यौपाने, बर्दघाट बजार विकास समितिका अध्यक्ष तारा प्रसाद गौतम लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै सँस्थाका उपाध्यक्ष एवं खानेपानी सुरक्षा योजना समिति सँयोजक दिपक लम्सालले सिढीँ सहितको निर्माणले विशेषगरी क्लोरिनेशनका लागि दैनिक टँकीसम्म पुग्न सहज हुने बताउनुभयो । बर्दघाट नगरपालिकाको ४ लाख ३४ हजार ७२ रुपैया र बर्दघाट खानेपानीको १ लाख ८ हजार ५ सय १८ रुपैया गरी कुल ५ लाख ४२ हजार ५ सय ९० रुपैया लागतमा सिँढी एवं रेलिङ्गको निर्माण सम्पन्न भएको हो !parasiFm