बर्दघाट नगरपालिकाद्वारा अत्यावश्यक बाहेकका सेवा बन्द

५० जना कर्मचारी तथा जनप्रतिनिधिको कन्ट्रयाक ट्रेसिङ गरी स्वाव संकलन

0

पुष्पा गिरी
नवलपरासी ४ असोज – बर्दघाट नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाका कर्मचारी तथा कर्मचारीका परिवारलाई समेत कोरोना पोजेटिभ देखिएकोले कन्टयाक ट्रेसिङका क्रममा सेवा बन्द गरेको हो ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले आइतवार सूचना जारी गर्दै अर्को सुचना जारी नगर्दा सम्म पालिकाबाट प्रदान गरिने सम्पुर्ण कार्य बन्द हुने जानकारी दिनुभएको छ ।

पाध्याद्वारा जारी सुचनामा नगरपालिकाको कार्यालयबाट हुने सेवा बन्द गरिएपनि वडा कार्यालय लगायतका नगरपालिकाका अन्य कार्यालयबाट प्रदान गरिने सेवा सुबिधा भने यथावत नै रहने निर्णय उल्लेख गरिएको छ । त्यस्तै बर्दघाट नगरक्षेत्रमा कोरोना संक्रमितको संख्या ७० पुगेको छ । ती मध्ये ४२ सन्चो भएर घर फर्केका छन् । २८ जना सक्रिय संक्रमितमध्ये २ जना भैरहवा २ चिसापानीस्थित आइसोलेशनमा र बाँकी २४ जना आईशोलेशनमा रहेको स्वास्थ शाखा प्रमेख माधव ज्ञवालीले बताउनुभयो । उहाँका अनुसार बर्दघाट नगरभित्र २२ जना अझै क्वारेन्टाइनमा बस्दै आएका छन् । नगरले १ हजार ६ सय बढीको पीसिआर गरेको जनाएको छ । त्यस्तै आइतवार ५० जना कर्मचारी तथा जनप्रतिनिधिको कन्ट्रयाक ट्रेसिङ गरी स्वाव संकलन गरेको उहाँले जानकारी दिनुभयो ।

You might also like