पालिकाहरु सक्रिय : क्वारेन्टाईन निर्माणमा तीव्रता दिदैं

0

उमेश बि.क
नवलपरासी १२ चैत्र – पश्चिम नवलपरासीको क्वारेन्टाइनको संख्या बृद्धि हुदै गएको छ । सरावल गाउँपालिका वडा नं. ७ भुजहवा सेल्टर भवन, बाल्मीकि प्रा. बि मा दश बेड क्षमताको क्वारेन्टाईन निर्माण भएपछि संख्या थपिर्दै छ ।

बर्दघाट, रामग्राम, पाल्हीनन्दन र सुस्तामा समेत क्वारेन्टाइन बनाइदैछ । बर्दघाट नगरले शहिद स्मृति सामुदायिक अस्पतालमा ४ वार्ड आइसोलेसन समेत बनाएको छ । साथै तीन स्थानमा क्वारेन्टाइन बनाउन बर्दघाट नगरपालिकाले सामाग्री खरिद गरेको जनाएको छ । त्यस्तै सुनवल नगरपालिकामा नगरले एक सय वेडको क्वारेन्टाइन निर्माण सम्पन्न भएको छ ।


त्यस्तै कोरोना भाइरस (कोभिड( १९) को संक्रमण नेपालमा फैलिने पूर्वानुमानसहित सरावल गाउँपालिका बासिलाई सेवा दिने गरी क्वारेन्टाइन स्थापना गरिएको हो ।
ज्वरो आएमा वा कोरोनाका लक्षण देखिएका व्यक्तिलाई सेवा दिन क्वारेन्टाइन स्थापना गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले जानकारी दिनुभयो । ’हामीले तत्कालीन उपचारका लागि बेड स्थापना गरेका छौं। संक्रमित देखिएमा उपचार गर्ने अस्पतालमा पठाउने गरी एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ,अध्यक्ष चौधरीले भन्नुभयो ।


त्यस्तै सरावल गाउँपालिका बासिलाई कोरोना भाइरसबाट बचाउनको निम्ति कोरोनाबाट बच्ने उपाय सहितको सुचना माइकिङ गरिएको गाउँपालिकाकी उपाध्यक्ष उत्तमा रायले जानकारी दिनुभयो ।
सरावल गाउँपालिका वडा नं. १ देखि ७ सम्म प्रत्यक टोलटोलमा माइकिङ गरिएको गाउँपालिकाकी उपाध्यक्ष रायले जानकारी बताउनु भएको छ ।
कोरोना भाइरस विरुद्ध लडन सबै एकजुट हुनु पर्ने बताउदै सबैले आ आफ्नो ठाउबाट सकेको सहयोग तथा घरभित्र सतर्कता पुर्बक रहनु र नेपाल सरकारको नियम पालना गर्नुपर्ने आग्रह गर्नुभयो ।
चैत ११ गते बिहान ६ बजेदेखि लकडाउन सुरु गरिएकोले यसलाई पालना गर्न गाउँपालिका अध्यक्ष चौधरीले अनुरोध गनुभयो ।
मानव जिवनमा स्वास्थ्य सबैभन्दा ठुलो धन भनेको हुनाले आफ्नो स्वास्थ्य प्रति सबैले ख्याल राखेर सरकारले जारी गरेको निर्णय हामी सम्पुर्ण जनताको भलाइको लागि भएको हुनाले यसप्रति ध्यान दिन समेत आग्रह गर्नुभएको हो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) बाट आफु सुरक्षित रहेमात्र अरुलाई सुरक्षित बनाउन सकिन्छ भन्दै कोरोनाबाट बच्न जनसमुदायलाई आग्रह समेत गर्नुभएको हो ।
त्यस्तै कोरोना रोग रोकथामका लागि प्रतापपुर गाउँपालिकाले क्वारेन्टाईन निर्माण गरेको छ त्रिभुवन क्याम्पस बेलाटारी र गोपीगंज स्थित बाल्मिकी बचत तथा ऋण संस्थामा क्वारेन्टाईन निर्माण गरिएको गाऊँपालिका अध्यक्ष राज कुमार शर्माले जानकारी दिनुभयो ।
विश्वभर फैलिएको कोरोना भाईरसको संक्रमण नेपालमा पनि देखा परिसकेको र समयमै नियन्त्रण नभए भयको स्थिति पैदा गर्ने बताउदै गाउँपालिकाबासीको सुरक्षाको लागि क्वारेन्टाईनको निर्माण गरिएको अध्यक्ष शर्माले बताउनुभयो ।

You might also like