बिदेशबाट ल्याएको शिप र दक्षता स्वदेशमा लगाउनुपर्छ – नगर प्रमुख बस्याल

0

नवलपरासी १३ मंसिर – बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले भूतपूर्व सैनिक तथा बिदेशिएका युवाहरुले बिदेशबाट ल्याएको दक्षता तथा शिपलाई स्वदेशमै लागू गरेर मुलुकलार्इृ समृद्धिको बाटोमा लैजानुपर्ने बताउनुभएको छ ।
बर्दघाट–९ भुताहास्थित नेपाल संयुक्त भूतपूर्व सैनिक कल्याणकारी संस्थाको सातौ साधारण सभा तथा तेस्रो अधिबेशनलाई शनिवार सम्बोधन गर्दै नगर प्रमुख बस्यालले ‘अब स्वदेशमै कृषि मार्फत संमृद्धिको यात्रा गर्नुपर्छ’ –उहाँले भन्नुभयो ।
उहाँले भूपु सैनिकहरुको अनुशासनको उच्च प्रशंसा गर्दै नेपाल एकीकरणदेखि सैनिकहरुले देखाएको साहस स्मरण गर्नुभयो ।
नेपाल एकीकरण देखि नै यहाँहरुले देखाएको साहस अबिस्मरणीय छ – नगर प्रमुख बस्यालले भन्नुभयो – जुन सहासले हामीलाई विश्वभर चिनाएको छ ।
फरक प्रसंगमा बस्यालले भुपुहरुलाई जेष्ठ नागरिक सुरक्षा भत्ता कटौती गर्नु जायज नभएको दावी गर्नुभयो ।
कार्यक्रममा नेपाल संयुक्त सैनिक महासंघका केन्द्रीय सचिव कुल बहादुर केसीले नेपालमा अब भुपु सैनिकहरुको समस्या समाधान गर्न मन्त्रालय नै आवश्यक भइसकेको बताउनुभयो ।
कार्यक्रममा वर्दघाट ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाईले वडाले आफ्नो बजेट र कार्यक्रम अनुसार सहयोग गर्न तयार रहेको जनाउनुभयो ।
कार्यक्रममा पेन्सन क्याम्प बुटवल फूलबारीका सेक्रेटरी गुनबहादुर थापा , ईन्द्र ढकाल, कुबेर न्यौपाने, पदम बहादुर खत्री, मानबहादुर थापालगायतले शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रम संस्थाका अध्यक्ष नईन्द्र बहादुर पाण्डे क्षेत्रीको अध्यक्षता सचिव यमबहादुर केसीको संचालन उपाध्यक्ष पूर्णमान श्रेष्ठको स्वागतमा भएको थियो ।
कार्यक्रममा अध्यक्ष क्षेत्री सचिव केसी र कोषाध्यक्ष उमादेवी खत्रीले आ–आफ्नो प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै शनिवार नै संस्थाको भवन नगर प्रमुख थापाले उद्घाटन गर्नुभएको थियो । अधिबेशनले पूर्णमान श्रेष्ठको अध्यक्षतमा नयाँ नेतृत्व चयन गरेको बताइएको छ ।

You might also like